भक्तपुर-इपिएस कोरियन भाषा परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई मार्गनिर्देशन तथा बधाइ कार्यक्रम सम्पन्न भएको छ ।
भक्तपुर रफत सञ्चार क्लवमा आयोजित मार्गनिर्देशन कार्यक्रममा अल्फा कोरियन तथा जापानिज भाषा स्कुलले इपिएस कोरियन भाषामा उत्तीर्ण हुन सफल विद्यार्थीलाई मार्ग निर्देशन तथा बधाइ कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका नेपालका लागि इपिएस प्रतिनिधि तथा विश्व भाषा क्याम्पस प्रमुख एवं कोरियन भाषाविज्ञ थानेश्वर बञ्जाडेले भाषा सिकाईमा सफलता हाँसिल गर्ने विद्यार्थीहरुलाई कोरियाका विषयमा मार्ग निर्देशन र विविध विषयमा जानकारी प्रदान गरे ।
उनले कुनै पनि क्षेत्रमा विज्ञता हासिल गर्न लगनशिल भएर लाग्नु पर्ने र कोरियन भाषामा समेत यसको लागू हुने भएकाले विद्यार्थीहरुले यस तर्फ समेत लगनशिल भएर लाग्नु पर्नेमा जोड दिनु दिए ।
रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले देशमा सरकारले रोजगारको अवस्था सिर्जना गर्न नसक्दा दक्ष युवा युवती विदेशीनु परेको बताए । उनले विदेश गएर सिकेको सिप आफ्नो देशमा आएर लागू गर्न सफलता मिल्न सकोस् भन्ने समेत कामना गरे ।
रफत सञ्चार क्लबका अध्यक्ष सुशिलबन्धु थापाले इपिएसमा उत्तीर्ण विद्यार्थीहरुले कोरियामा गएर सिकेको सिपलाई नेपालमा आएर ब्यवहारमा लागू गर्न सके नेपालका लागि समेत हितकर हुन बताए । उनले नेपालमा विदेशी कामदार भित्र्याउनु पर्ने समयको मागमा नेपाली दक्ष युवा शक्ति विदेशिनु दुःखद् बिषय भएको बताए ।
अल्फा कोरियन भाषाका प्रशिक्षक उमेश श्रेष्ठ, अर्जुन कुमार बस्नेत, ढाल बहादुर खड्का, लक्ष्मी खड्का लगायतले कोरियन भाषामा सफलता हासिल गरेका विद्यार्थीहरुलाई शुभकामना बधाइ दिएका थिए । उनीहरुले नेपाली युवा शक्ति विदेशमा गएर आएपछि नेपाली आर्थिक रुपान्तरणमा मद्दत पुग्नुका साथै नयाँ ज्ञानले समेत रोजगारीको अवस्था सिर्जना गर्नु पर्नेमा जोड दिएका थिए ।
अल्फा कोरियन भाषाका संस्थापक राजेन्द्रकुमार मोक्ताङले भक्तपुरमा खोलिएको यो भाषा स्कुलले दक्ष विद्यार्थी उत्पादनमा उल्लेख्य सफल भूमिका निर्वाह गर्न सकेको बताउनुभयो । उहाँले अझै कसरी सफल विद्यार्थी उत्पादन गर्न सकिन्छ भन्ने तर्फ आफ्नो संस्था लागि परेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस