काठमाडौं-वृक्षारोपण वर्षको औपचारिक सुरुवात आज देखि गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षारोपण गरि वृक्षारोपण वर्षको प्रारम्भ गरेका हुन्।
वन तथा वातावरण मन्त्रालयको आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कोटेश्वर वृक्षारोपण गरेका हुन्।
वृक्षारोपण कार्यक्रममा मन्त्री तथा सर्वसाधारणहरु सहभागी भएका थिए । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले देशभर रुख रोप्नका लागि तल्लो निकायका कमिटिहरुलाई पत्राचार गरिसकेको छ।
९ क्लस्टरमा वृक्षारोपण
वृक्षारोपण कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न ९ स्थानमा ’क्लस्टर’ निर्धारण गरेको छ। जसमा कोटेश्वरदेखि बालुकुमारीसम्म, बालुकुमारीदेखि ग्वार्कोसम्म, ग्वार्कोदेखि बी एन्ड बी अस्पताल अगाडिसम्म, बी एन्ड बी अस्पतालदेखि सातदोबाटोसम्म, सातदोबाटोदेखि महालक्ष्मीस्थानसम्म, महालक्ष्मीस्थानदेखि एकान्तकुनासम्म, एकान्त कुनादेखि बागडोलसम्म, बागडोलदेखि बल्खुसम्म र बल्खुदेखि कलंकीसम्म ९ वटा केन्द्र तोकिएका छन्।
कुन–कुन प्रजातिका बिरुवा रोपिन्छन्?
वृक्षारोपणका अवसरमा शनिबार चक्रपथको कोटेश्वरदेखि कलंकीसम्म ३ हजार बढी बिरुवा रोपिनेछन्।
जसमा हालसम्म पत्ता लागेकामध्ये संसारकै सबैभन्दा पुरानो प्रजाति मानिएको चिनियाँ गिन्कोसहित असारे फूल, तेजपत्ता, कल्की, राजवृक्ष, कपुर, पावलेजस्ता बिरुवा छन्।
उत्सवका रुपमा वृक्षारोपण
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल सरकारको निर्णयअनुसार भोलिबाट सुरु हुन लागेको वृक्षारोपण अभियान एक वर्षसम्म जारी रहने बताए।
उनले आगामी एक वर्षलाई वृक्षारोपण उत्सवका रुपमा मनाइने उल्लेख गरे। आगामी एक वर्ष्भित्र काष्ठरगैरकाष्ठ, फलफूल तथा जडिबुटीका गरी करिब ५ करोड बिरुवा रोप्ने तयारी भएको बताए।
देशभरका सरकारी नर्सरीहरुमा हाल करिब दुई करोडभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रहेको बताउँदै उनले बाँकी बिरुवा निजी क्षेत्रका नर्सरीमा रहेको र उनीहरुसँग खरिद गरिने जानकारी दिए। उनले एक वर्ष्भित्र रोपिएका सबै बिरुवाको अखिभेलसमेत राखिने स्पष्ट गरे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस