काठमाडौं-मनसुन सुरु भएसँगै पश्चिम नेपालमा पहिरोको जोखिम बढेको पाइएको छ । विकास निर्माणका नाममा गाउँगाउँ भित्रिएका डोजरले जथाभावी सडक खन्दा पश्चिम नेपाल पहिरोको जोखिममा परेको हो । यो समाचार राजधानी दैनिकले छापेको छ |
वातावरणीय मूल्यांकन बिना नै स्थानीय तहले विकास निर्माणका लागि भन्दै जथाभावी खनेको सडक नै पहिरोको मुख्य कारकका रूपमा देखिएको भूगर्भविद्हरूले बताएका छन् ।
‘नेपालको पश्चिमी क्षेत्रमा यस वर्ष मनसुनी वर्षा बढी हुने भएकाले सो क्षेत्रमा पहिरोको जोखिम बढी हुन सक्छ,’ पहिरोको अध्ययन अनुसन्धान गरिरहेका जल तथा मौसम विज्ञान विभागका पहिरोविद् विनोद पराजुलीले भने, ‘वातावरणीय प्रभावबिना नै जथाभावी रूपमा निर्माण गरिएका सडकका कारण बाढी र पहिरोको प्रकोप बढिरहेको पाइएको छ ।’ मनसुनी वर्षा औसतभन्दा बढी हुने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोको जोखिम पनि बढी भएको उनले बताए । संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहले सडक निर्माणको कामलाई प्राथमिकतामा राखेका छन् ।
प्राथमिकतामा राखिएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनबिना नै सडक निर्माण हुँदै आएका छन् । विशेषगरी स्थानीय तहले निर्माण गरेको सडक वातावरणीय प्रभाव मूल्यांकनबिना नै गरिएकाले पहिरोको जोखिम अत्याधिक पाइएको छ ।
‘भौगर्भिक कारणले नेपाल प्राकृतिक विपद्हरूको दृष्टिले उच्च जोखिममा छ र यसबाट राज्यले ठूलो धनजनको क्षति तथा नोक्सानी बेहोर्न परिरहेको छ ।
गृह मन्त्रालयको तथ्यांक हेर्दा २०७१ सालपछि पहिरोबाट ४५३ जनाले ज्यान गुमाइसकेका छन् भने घाइते हुनेको संख्या ४ सयभन्दा बढी छ,’ नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. कविराज पौड्यालले भने, ‘पहिरोबाट सोही अवधिमा २ हजार ७२० घरपरिवार प्रभावित हुनुका साथै करिब ९० करोडभन्दा बढी आर्थिक क्षति तथा नोक्सानी राज्यले बेहोर्नुपरेको छ ।
सोही अवधिमा बाढीबाट ४१३ जनाले ज्यान गुमाए भने २१७ जना बेपत्ता छन् ।’ सो अवधिमा बाढीबाट ५९ हजार ८५६ घरपरिवार विस्थापित भएका छन् भने करिब १५ अर्ब रुपैयाँबराबरको आर्थिक क्षति बेहोर्नुपरेको छ । सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन ल्याए पनि पूर्णरूपमा कार्यान्वयनमा ल्याउन सकेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस