काठमाडौं – सामान्यतः रोगीहरुलाई बढीभन्दा बढी पानी पिउन चिकित्सकहरुले सल्लाह दिने गरेका छन् । कहिलेकाहीँ यसले हानि पु¥याउन सक्ने उदाहरण पनि देखिएको छ । ५९ वर्षीया एक महिलामा देखिएको पिसाबको संक्रमण चाँडो रोक्न चिकित्सकहरुले बढी पानी पिउने र चाँडोचाँडो पिउने सल्लाह दिँदा त्यसको असर उल्टो भएको देखिएको हो । ती महिलालाई पिसाबको संक्रमण रोकिनु त कहाँ हो कहाँ उल्टै हाइपोनेट्रिमिया हुन पुग्यो ।
हाइपोनेट्रिमिया भनेको रगतमा सोडियम (नून)को मात्रा अति कम हुनु हो । रगतमा सोडियमको मात्रा निकै कम भयो भने कोषिकाहरुमा पानी रोक्ने शक्ति कम हुन्छ र शरीरले पानी थेगिराख्न सक्तैन ।
सोडियमले मस्तिष्कलाई सतर्क राख्न अहं भूमिका खेल्छ । रगतमा सोडियमको मात्रा एउटा निश्चित स्तरभन्दा कम हुन थाल्दा मानिस बेहोस हुन सक्छ । मुटुको गति तीव्र हुन सक्छ । मेडिकल जर्नल बिएमजे केस रिपोर्टकाअनुसार कुनै पनि स्वस्थ व्यक्तिमा रगतमा सोडियमको मात्रा कम हुनु निकै ‘असामान्य’ कुरा हो । रिपोर्टका अनुसार, ‘रोगीहरुले आवश्यकताभन्दा बढी तरल पदार्थ पिउने अवस्थामा चिकित्सकहरुको सल्लाह लिनु अति जरुरी हुन्छ । बढी पानी अथवा तरल पदार्थ पिउँदा के हुन्छ भन्नेबारे निकै कम शोध भएका छन् । त्यसैले यसका फाइदा वा बेफाइदाका बारेमा पनि निकै कम जारी छ ।’
चिकित्सा विशेषज्ञहरुका अनुसार लगातार पानी पिउनु राम्रो कुरा हो तर धेरै पानी पिइरहनु चाहिँ स्वास्थ्यका लागि राम्रो कुरा होइन । खासगरी बढीभन्दा बढी पिसाना आइरहेको छ, ज्वरो आइरहेको छ भने पानी पिउनेबारे चिकित्सकसँग सल्लाह लिनु पर्छ । चिकित्सकहरुले पनि यस्तो अवस्थामा बिरामीहरुको अवस्था जाँचीकन सावधानीपूर्वक सल्लाह दिनुपर्छ ।
बिबिसीका अनुसार बढी पानी पिउँदा स्वास्थ्यलाई नै खतरा भएकी ती महिलालाई लन्डनस्थित एएन्डई अस्पतालमा भर्ती गरिएको थियो । पानी पिएको केही समयमै उनलाई रिँगटा चल्न थाल्यो । उनलाई बोल्नमा समस्या हुन थाल्यो । र, अन्त्यमा ती महिलाले कैयौँ पटक उल्टी पनि गरिन् । ती महिलाले भनेकी छन्, ‘मेरो हात काम्न थाल्यो, किन काम्न थाल्यो र कसरी रोक्ने भन्नेमै म अलमलमा पर्न थालेँ । पछि त शरीरै काम्न थाल्यो ।’
पछि चिकित्सकहरुको सोधखोजपछि पत्ता लाग्यो, ती महिलाले चिकित्सककै सल्लाहमा केही घण्टाभित्रै निकै पानी पिएकी थिइन् । धेरै पानी पिएका कारण उनमा यस्तो अवस्था देखिएको पत्ता लागेपछि चिकित्सकहरुले उनलाई २४ घण्टासम्म पानी नपिउने सल्लाह दिएका थिए ।
यसपछि ती महिलालाई पूरै सामान्य हुन एक साता लागेको थियो । यस्तै अर्को एउटा घटनामा गेस्ट्रोएन्टराइटिसका रोगीलाई पनि हाइपोनेट्रिमिया हुन पुगेको थियो । उनको त ज्यान नै गएको चिकित्सकहरु बताउँछन् ।
किङ्स कलेज लन्डनका प्राध्यापक एमेरिटस टम सेन्डर्स भन्छन्, ‘पानी पिउने सल्लाह गलत होइन र बिरामीको छेउमा पर्याप्त पानी पनि हुनुपर्छ । उनीहरुलाई बरोबर पानी पिउन प्रोत्साहित पनि गर्नुपर्छ ।’
क्विन्स युनिभर्सिटी बेल्फास्टका प्राध्यापक ग्राहम फेस भन्छन्, ‘यस घटनाले हामीलाई पाठ सिकाएको छ । त्यो के भन्देखिन्, चिकित्सकहरुले सल्लाह दिँदा अतिरिक्त सावधानी अपनाउनु निकै आवश्यक छ । चिकित्सकहरुले प्रत्येक केसका बारेमा पूर्ण जानकारी पाएपछि मात्र पानी पिउने, कति पिउने, कसरी पिउनेजस्ता कुराहरु बिरामीहरुलाई सल्लाह दिनुपर्छ । रोगीहरुले कुन परिस्थितिमा कति पानी पिउने भन्नेबारे अलि राम्रो सल्लाह दिनुपर्छ ।’
ब्रिटिस न्युट्रिसन फाउन्डेसनका अनुसार हामीले खाना खाँदा करिब २० प्रतिशत पानी ग्रहण गरिसकेका हुन्छौँ । महिलाहरुले प्रतिदिन १६ सय एमएल र पुरुषहरुलाई दुई लिटर पानी पिउनु आवश्यक छ । समुचित मात्रामा हामीले पानी पिएको खण्डमा हाम्रो पिसाबको रङ हल्का पहेँलो हुन्छ । यदि पिसाबको रङ गाढा छ भने चाहिँ हामीले बढी पानी पिउनु पर्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस