आज २०७६ साल असार १२ गते बिहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी,५५ घडी ५७ पला,रातको ०३ बजेर ३४ मिनेट उप्रान्त एकादशी । नक्षत्र रेवती,०० घडी ५० स्पला,बिहान ०५ बजेर ३२ मिनेट उप्रान्त अश्विनी । योग अतिगण्ड,४२ घडी ४९ पला,बेलुकी १० बजेर १९ मिनेट उप्रान्त सुकर्मा । करण वणिज,दिउसो ०३ बजेर ०९ मिनेट उप्रान्त भद्रा,रातको ०३ बजेर ३४ मिनेट उप्रान्त बव । आनन्दादिमा मित्र योग । चन्द्रराशि मीन,बिहान ०५ बजेर ३२ मिनेट उप्रान्त मेष । पञ्चक समाप्त । विश्व मधुमेह दिवस । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३५ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा समय खर्चिने राजनीतिज्ञ तथा समाजसेवीहरुले मान सम्मान पाउने योग रहेकोछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । माया प्रेम तथा पति पत्निविचको सम्बन्धमा थप आत्मियता बढेर जानेछ । अध्ययनमा मन जाने हुनाले छात्रछात्राहरुले भनेजस्तो नतिजा हात पार्न सक्नेछन् ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापारमा लगानि बढाएपनि उधारा माग्ने तथा उठ्नु पर्ने रकम नउठ्ने समस्याले सताउनेछ । अध्ययनमा मन नजादा पढ्ने लेख्ने काम बाकि रहनेछ । खर्च बढ्ने तथा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । तरपनि अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
भौतिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन आम्दानिका स्रोहरु बढाउँन सकिनेछ भने व्यापारबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । दाजुभाईको सहयोगले सवारि साधन प्राप्तीको योग रहेकोछ । मन परेको मानिसको साथ पाईनाले मन प्रशन्न हुनेछ । खोजीमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनमा भनेजस्तो सफलता हात पर्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सामाजिक काममा रुचि बढ्ने तथा सामाजिक जिम्मेवारी बहन गर्नु पर्नेछ । कर्मक्षेत्रमा तपाईको प्रशंसा गर्नेहरु प्रशस्त भेटिनेछन् । व्यापारमा बृद्धि हुनाले थप लगानिको वाताबरण बन्नेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिवर्तन गरि भनेजस्तो लाभ लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
शरिर स्वास्थ्य नभएपनि कामको जिम्मेवारी लिनुपर्ने बाध्यात्मक अवस्था आउनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्ने तथा धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ । आषा देखाउनेहरुबाट सजक रहनुहोला । नाँफा मुलक व्यावसायभन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
समय मध्ययम रहेकोले ऋण,रोग तथा संकटको सामना गर्र्नु पर्ने हुनसक्छ । व्यापारमा मन्दि आएसँग आर्थिक स्थिति सहजीकरण गर्न गाह्रो हुनेछ । तरपनि लामो दुरिको यात्रा गर्न चाहनेहरुका लागि यात्राको सम्भावना प्रवल रहेकोछ । नसोचेको धन सम्पति प्राप्त हुने योगलाई नकार्न सकिदैन । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
परिवार तथा कुटुम्बबिच रमाईलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ । भौतिक तथा बिलाशी बस्तु प्राप्तीको योग रहेकोछ । एकल तथा संयूक्त व्यावसायबाट वा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्कृष्ट रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रतिष्पर्धामा विजयको योग रहेकोछ । विवाद तथा न्यायिक फैसलामा तपाईकै जित निश्चितछ । राम्रा तथा परिणाममुखि व्यापारमा लगानि बढाई आम्दानि दोब्बर पार्न सकिनेछ । मामा,मावली तथा आफन्तको सहयोगले अगाडि बढ्न प्रेरित गर्नेछ । अध्ययनमा समय दिने बिद्यार्थीहरुका लागि समय राम्रो रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पढाइ लेखाइमा प्रशस्त समय दिदा दिदै नतिजा कम आउनाले मन खिन्न हुनेछ । बौद्धिकताको बहसमा तपाईँको तर्क कमजोर ठहरिनेछ । आफन्त तथा सन्तान पक्षको आशिंक सहयोग प्राप्त हुनेछ । शेयर बजार तथा अन्त आर्थिक कारोबारको शुचाङक मन्द गतिमा बढ्नेछ । उपाहार प्राप्त भएपनि टरेर जानेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय तथा परिस्थितिसँग जुध्न नसक्दा अरुभन्दा पछि तपाईँको नाम आउँनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुनेछ । सस्कार तथा सस्कृति बिर्सनाले अग्रजहरु रिसाउनेछन् । मन परेको मानिस टाडिनाले मनमा खिन्नता पैदा हुनेछ । सेवामुलक व्यावसाय फस्टाएर जानेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रतिष्पर्धामा प्रतिष्पर्धीहरुलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । खेल तथा अन्य अतिरिक्त क्रिर्याकलापमा भाग लिने अवसर जुर्र्नेछ भने नतिजा पनि आफैतिर ल्याउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु जनमानसमा लैजान सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समयले त्यति साथ नदिने हुनाले बाहिर गएर भोजन ग्रहण नगर्नुहोला वा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । आफन्त तथा कुटुम्बसँग सन्तुलित व्यावहार गर्नुहोला । पढाइ लेखाइमा मन नजादा सफलता प्राप्त गर्न मुस्किल पर्नेछ । तरपनि गाएन तथा मोडलिङको क्षेत्रमा समय खर्चनेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस