काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा भएको आगलागीको छानबिन गर्ने बताएका छन् । गृहमन्त्री खाणले हिजो दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने आश्वासन दिएका हुन् ।
आगलागीमा परिषद्अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषले अपाङ्गता भएकाहरुका लागि राखेका सहायता सामग्री जलेको थियो । उनले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उनीहरुका लागि सहायता सामग्री उपलब्ध गराइने बताए ।
मन्त्री खाणले प्राधिकरणले उपलब्ध गराउने सहायता सामग्री राख्नका लागि आवश्यक पर्ने स्थान पनि खोजेर उपलब्ध गराउने आश्वासन दिए । अवलोकनका क्रममा गृहमन्त्री खाणले आगलागी भएको स्टोर, राष्ट्रिय अपाङ्ग कोषको कार्यालय र ती सामग्री निर्माणको समेत अवलोकन गरेका थिए ।
गृहमन्त्री खाँणले कोषका सभापति डेकराज भट्टराईसँग आगलागी र कोषका बारेमा जानकारी लिएका थिए । अवलोकनका क्रममा गृहसचिव टेकनारायण पाण्डे, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोरालगायतको सहभागिता थियो ।
उक्त स्टोरमा असार २९ गते दिउँसो आगलागी भएको थियो । आगलागीबाट स्टोरमा रहेका सबै सामग्री जलेर नष्ट भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस