पाँचथर-पाँचथरमा दलित र माझी समुदायमा ११५ विपन्न परिवारलाई घर निर्माण गरीने भएको छ । संघीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा जनता आवास कार्यक्रम अन्तर्गत सरकारले त्यति परिवारको घर निर्माण गरीदिने भएको हो ।
पाँचथरका आठ वटै स्थानीय तहमा उक्त संख्यामा घर निर्माण गर्न लागिएको हो । कार्यक्रम अन्तर्गत पाँचथरमा फिदिम नगरपालिकामा वडा नं. ४, ५, ७, ८ र ९ नं. वडामा माझी समुदायका १० तथा दलित समुदायका १८ वटा घर निर्माण हुनेछन् । यस्तै तुम्बेवा गाँउपालिका वडा नं. १ र २ मा माझी र दलित समुदायका गरि ११ वटा घर निर्माण हुनेछन् । कुम्मायक गाँउपालिका वडा नं. १, ३ र ५ मा माझी समुदायका १० तथा दलित समुदायका ६ वटा घर निर्माण हुने शहरी विकास तथा भवन कार्यालय इलामका प्रमुख सुमनकुमार मिश्रले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत फाल्गुनन्द गाँउपालिका वडा नं. ५ मा माझी र दलित समुदायका लागि २० वटा घर, मिक्लाजुङ गाँउपालिका वडा नं. ३ र ५ मा माझी र दलित समुदायका लागि ११ वटा घर निर्माण हुने मिश्रले बताए । फालेलुङ गाँउपालिकाका वडा नं. १ र ५ मा दलित समुदायका १३ वटा घर तथा याङवरक गाँउपालिकामा ५ वटा घर निर्माण हुनेछन् भने हिलिहाङ गाँउपालिका वडा नं. २ र ७ मा दलित र माझी समुदायका लागि ११ वटा घर निर्माण हुने शहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।
पाँचथरमा गत बैशाक २ गतेदेखि ११ गतेसम्म लाभग्राही समुदायको विवरण सङ्कलनका लागि सर्भेक्षण फारम भर्न आव्हान गरिएको थियो । सर्भेक्षण फारम स्थानीय तहको कार्यालय तथा सम्बन्धित वडा कार्यालयमा वितरण गरिएको थियो । सर्भेक्षण फारम इलाम स्थित कार्यालयमा सङ्कलन भइरहेको मिश्रले जानकारी दिए । कार्यालयसँग प¥याप्त जनशक्ति नरहेकाले स्थानीय तहको सहयोगमा उक्त कार्यक्रम अघि बढाइएको मिश्रको भनाई छ ।
यसरी घर निर्माण हुनेछन्
कार्यालयले लाभग्राहीले भरेको सर्भेक्षण फारमका आधारमा घर निर्माणको निक्र्यौल गर्नेछ । लाभग्राही परिवारको हालको घरको अवस्था, आर्थिक अवस्था तथा पेशा ब्यवसायको अवस्थाका आधारमा अङ्क प्रदान गरि सबैभन्दा पीडित परिवारहरु मध्येबाट घर निर्माण गरिने कार्यालय प्रमुख मिश्रले जानकारी दिए । छनौट भएका कमजोर अवस्थाका परिवारको स्थलगत निरीक्षण पछि मात्रै घर निर्माण हुनेहरु सूचि प्रकाशन गरिने उनले बताए । छनौट भएका प्रत्येक परिवारलाई एकै किसिमको घर निर्माणको डिजाइन प्रदान गरिनेछ । दुई वटा कोठा, किचन तथा शौचालय भएको, इटा वा ढुङ्गाको गाह्रो भएको, जस्तापाताको छानो भएको घर निर्माणको डिजाइन कार्यालयले प्रदान गर्नेछ ।
प्रत्येक परिवारलाई रु. तीन लाख ३२ हजार
प्रत्येक परिवारलाई रु. ३ लाख ३२ हजार पाँच सयका दरले रकम प्रदान गरिने मिश्रले जानकारी दिए । तर, उक्त रकम एकामुष्ठ प्रदान गरिँदैन् । घरको जग निर्माण गरिसकेपछि लाभग्राहीले २५ प्रतिशत रकम पाउनेछन् । यस्तै वीपीसी लेभल निर्माणपछि दोश्रो किस्ता वापत ३० प्रतिशत रकम प्रदान गरिने मिश्रले जानकारी दिए । घरको पर्खाल निर्माण गरिसकेपछि तेश्रो किस्ता वापत ३५ प्रतिशत रकम प्रदान गरिनेछ भने घरको निर्माण पूरा गरि रङ्गरोकन समेत सम्पन्न गरेपछि बाँकी १० प्रतिशत रकम प्रदान उनले बताए ।
कार्यक्रम पूर्वी पहाडमा पहिलो पटक
शहरी विकास तथा भवन कार्यालय इलामले पूर्वी पहाडी जिल्लाहरुमा पहिलो पटक यो कार्यक्रम लागू गरेको हो । चालू आर्थिक वर्षमा पाँचथरमा ११५ वटा सहित इलाममा १ सय वटा तथा ताप्लेजुङमा ९५ वटा घर निर्माण गर्ने तयारी गरिएको कार्यालय प्रमुख मिश्रले जानकारी दिए । उक्त कार्यालयले झापामा विगत वर्षबाटै यो कार्यक्रम सञ्चालन गरिरहेका छ । झापामा चालू आर्थिक वर्षमा ५ सय वटा घर निर्माण गर्ने कार्यालयको कार्यक्रम छ । यद्यपी यसै आर्थिक वर्षमा घर निर्माणको कार्य पूरा हुने छैन । “यो आर्थिक वर्षमा सबै घरको निर्माण थाल्ने योजना छ” मिश्रले भने “जति निर्माण हुन्छ, त्यति रकम निकासा गर्दै जान्छौँ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस