काठमाडौँ- गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागी भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् ।
बैठकमा सहभागी एक नेता भन्छन्, “नेताहरुले कुरा उठाउनुभएको थियो । प्रधानमन्त्रीले भन्नुभयो, नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ। राजीनामा दिनुबाहेक के विकल्प हुन्छ र?”
गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथी झन आशंका बढेको छ । त्यसैगरी उनी यसअघि महाप्रसाद अधिकारीको नामबाटै उक्त विभागको सदस्य रहेको र अहिले एम अधिकारीको छद्म नाम राखेर सदस्य बनेको विषयमा एमालेले आधिकारीक र तथ्यगत ढंगले खण्डन गरी अर्को एम अधिकारी देखाउन नसेकोकाले उनी नै उक्त विभागको सदस्य रहेको र सरकारको काममा पटकपटक असहयोग गर्दै आएको कुरा प्रमाणित भइसकेको छ ।
त्यसैगरी, उनले आफ्नो शैक्षिक योग्यता ढाँटेर नियुक्ति लिएको समेत पुष्टि भइसकेको छ । सो विषयमा अदालतमा मुद्धा विचाराधीन रहेकै अवस्थामा उनले लगानी बोर्ड र गभर्नरको जिम्मेवारी निर्वाह गरेका हुन् ।
गभर्नरको विरोधमा सडक र सदनमा चौतर्फी आलोचना भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस