काठमाडौ- नेकपा( माओबादी केन्द्र) को हालैसम्पन्न केन्द्रीय समिति को तेश्रो पूर्ण बैठकबाट गठन भएको पोलिटव्युरोमा प्रदेश १ संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मंत्री ईन्द्र आङ्वो मौसम सहित १६ जना सदस्य चयन भएका छन।
पाँचथरबाट प्रतिनीधित्व गर्ने आङ्वो ‘मौसम’ सहित सो समितिमा झापाबाट राम कार्की (पार्थ) र धर्मशिला चापागाई (शिला), मोरंगबाट साबित्रीकुमार काफ्ले (समर), गोपिबहादुर अछामी (क.गोपी),शिवकुमार मण्ड(शिव),भोजपुरबाट पदमबहादुर राई, सुदन किराँती(शिखर),अजम्वर काम्वाङ, खोटाङबाट रामकुमार राई पासाङ्ग र दुर्गा जयन्ति राई, सुनसरीबाट रामकुमारी चौधरी(रोजिना),धनकुटाबाट हेमराज भण्डारी(सुदर्शन) र उदयपुरबाट सुरेश राई (क.हिमाल) रहेको केन्द्रीय सदस्य सीता थेवे(प्रमिला) ले जानकारी दिनु भएको छ।
यसैबीच आज सम्पन्न स्थायी कमिटीको प्रथम बैठकले ईन्चार्ज रहेका केन्द्रीय सदस्यको संयोजनमा प्रदेश पदाधिकारी र प्रदेशका केन्द्रीय सदस्य रहने गरि प्रदेश केन्द्र समन्वय संयन्त्र बनाउने र सो संयन्त्र निर्वाचनसम्मका लागि हुने साथै भदौ मसान्त भित्र प्रदेश कमिटीहरुको बैठक र राजनीतिक प्रशिक्षण सम्पन्न गर्ने गरि कार्य योजना तय गरेको थाहा भएको छ ।
सोही बैठकले गत स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानवीन गर्न ३ सदस्यीय छानविन आयोग गठन गरेको जनाईएको छ !
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस