धनुषा- मधेस प्रदेशसभाको बैठकले दुई वटा विधेयक सर्वसम्मतिले पारित गरेको छ । हिजोको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेको प्रदेश सञ्चार ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक र संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा दुवै विधेयक सर्वसम्मतिले पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरेका थिए । विधेयक पारित गर्न आवश्यक गणपुरक सङ्ख्या नरहेकाले विधेयक पारितको प्रस्ताव रोक्न प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आवाज उठाएपछि सभामुख यादवको निर्देशनमा प्रदेशसभा सदस्यको गणना गरिएको थियो ।
मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफल सकियो
मधेस प्रदेशसभाको बैठकमा प्रदेश सरकारको सबै मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सकिएको छ । हिजोको बैठकमा प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, उद्योग पर्यटन तथा वन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । योसँगै प्रदेश सरकारको नौ वटै मन्त्रालयको विनियोजित बजेटमाथिको छलफल सकिएको सचिव यादवले बताए ।
बैठकमा प्रदेशसभा सदस्यहरू परमेश्वर साह, किशोरी साह कमल, उपेन्द्र महतो, रानी शर्मा तिवारी, अभिराम शर्मा, डा रिना यादव, विन्देश्वर यादवलगायतले मन्त्रालयहरुको लागि विनियोजित बजेटलाई संशोधन गरी पारित गर्नुपर्नेमा जोड दिए । मन्त्रालयगत बजेटको छलफल सकिएपछि भोलि दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेशसभा सदस्यबाट आएका प्रश्नहरुको जवाफ दिने र आवश्यक प्रक्रिया पु¥याएर आगामी आव २०७९/०८० को बजेट पारित हुने प्रदेशसभा सचिवालयका सचिव यादवले बताए ।
प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९/०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस