पाँचथर- लब्रेकुटी प्रदेश नम्बर एक कै मनमोहक पर्यटकीय क्षेत्र हो | यसको बिकासका लागि स्थानीय निकायमा प्रयास भइरहेको छ | फिदिम नगरपालिका–५ मा पर्ने यसको धार्मिक तथा पर्यटकीय प्रायोजनका लागि पूर्वाधार निर्माणको काम भइरहेका छन् ।
१६ औं राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनको कर्मभूमिको रुपमा परिचित लब्रेकुटीलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न पूर्वाधार बनिरहेका हुन् ।
लब्रेकुटीमा अहिले प्रदेश सरकारको ८० लाख लागतमा धार्मिक प्रवचन मैदान र सवारी साधन पार्किङस्थल निर्माण भइरहेको छ । लब्रेकुटीस्थित फाल्गुनन्द प्रवेशद्वार–३ छेउमा ११० मिटर लम्बाई र ४५ मिटर चौडाइको धार्मिक प्रवचन मैदान निर्माण भइरहेको हो ।
त्यस्तै ५० भन्दा बढी ठूला सवारी साधन अटाउने पार्किङ स्थल पनि सँगै निर्माण भइरहेको निर्माण उपभोक्ता समितिका सचिव सुवाश तुम्बापोले बताए ।
लब्रेकुटी क्षेत्रमा स्थानीय, धार्मिक भक्तजन र राज्य समेतको लगानीमा विभिन्न पूर्वाधार निर्माण गरिंदै आएको छ । लब्रेकुटी क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि फिदिमस्थित नयाँ सहरी बिकास आयोजना कार्यालयले डिपिआर तयार गरिसकेको छ । सोही अनुसार लब्रेकुटी क्षेत्रको चौतर्फी बिकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले लगानि गर्न आवस्यक रहेको किरात साङ्सेन वरक चोत्लुङ माङहिम लब्रेकुटिका प्रमुख पुजारी ध्रुव तुम्बापोले बताए । लब्रेकुटी क्षेत्र विभिन्न वनस्पतिक तथा जैविक विविधताको दृष्टिले समेत महत्वपूर्ण स्थलको रुपमा परिचित छ ।
लब्रेकुटी भ्रमण वर्ष मनाइने
नेपाल सरकारले पर्यटन वर्षको रुपमा मनाउने तयारी गरेको सन् २०२० लाई सहयोग पुग्ने गरी लब्रेकुटी क्षेत्र भ्रमण वर्षको रुपमा मनाइने किरात साङसेन वरक चोत्लुङ माङहिम लब्रेकुटि संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन समितिका सचिव सुवाश तुम्बापोले बताए । सरकारको अभियानलाई समेत सहयोग पुग्ने गरी लब्रेकुटीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन २०२० लाई लब्रेकुटी क्षेत्र भ्रमण वर्षको रुपमा मनाइने उनको भनाई छ ।
चुक्चिनाम्बा-लब्रेकुटि शान्ति पदयात्रा गरिने
आगामी वर्ष लब्रेकुटीमा राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दको आगमन भएको एक शताब्दी पुग्दैछ । सो अवशरमा फाल्गुनन्दको जन्मभूमि इलामको माङसेबुङ गाउँपालिकास्थित चुक्चिनाम्बादेखि लब्रेकुटी (फाल्गुनन्द सर्किट) सम्म बिशाल शान्ति पदयात्रा समेत गर्ने तयारी भइरहेको छ । फाल्गुनन्द लब्रेकुटी प्रवेश गरेको शदाब्दीगाँठको अवसरमा विश्व शान्ति र मानव एकताको सन्देश दिन ५० हजार भक्तजनको सहभागितामा शान्ति पदयात्रा गरिने बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस