सप्तरी- जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन यही असार १२ गते आइतबार हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जिससको निर्वाचन आइतबार हुने सूचना जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । मंगलबार मतदाता नामावली प्रकाशन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।
यस्तै बिहीबार उम्मेदवारको मनोनयन दर्ता, मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए । शुक्रबार मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन तथा उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
शनिबार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरी आइतबार मतदान गर्ने कार्यक्रम तय गरिएको छ । जिल्लामा १८ स्थानीय तह रहेको र जिससका लागि कूल ३६ मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीका अनुसार नेपाली कांग्रेसको पाँच प्रमुख/अध्यक्ष र ७ उपप्रमुख/उपाध्यक्ष गरी सर्वाधिक १२ मत छ । यस्तै जनता समाजवादी पार्टी (जसपा) को ३ प्रमुख/अध्यक्ष र ५ उपप्रमुख/उपाध्यक्ष गरी ८ मत छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को ३ अध्यक्ष र २ उपाध्यक्ष गरी ५ मत, नेकपा (एमाले) को ३ प्रमुख/अध्यक्ष र १ उपप्रमुख गरी ४ मत छ ।
जनमत पार्टीको १ प्रमुख, १ अध्यक्ष र १ उपाध्यक्ष गरी ३ मत छ भने नेकपा (एकीकृत समाजवादी) को १ प्रमुख र १ उपप्रमुख गरी २ मत तथा नेकपा (माओवादी केन्द्र) को १ प्रमुख र १ उपाध्यक्ष गरी २ मत छ । काँग्रेसले आफ्नो नेतृत्वमा केन्द्रीय गठबन्धनअनुसार निर्वाचन जानुपर्नेमा जोड दिएको छ भने जसपाको नेतृत्वमा काँग्रेस बाहेकको दलहरुले गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरिरहेका बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस