काठमाडौँ- बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्रै राज्यलाई आफ्नो चलअचल सम्पती नदिएको बताएका छन् । छलफलमा नेता खनालले आफुले राज्यलाई ५५ रोपनी जग्गा दिएको बताएका हुन् । यस्तै उनले ओलीभन्दा १५ वर्ष अगाडि नै आफु प्रधानमन्त्री भएको पनि जानकारी गराएका छन् ।
खनालले भने, “उहाँले मैले सबै श्री सम्पती, चल अचल सम्पती राज्यलाई बुझाएँ त्यस्तो अरु कोही छ भन्नुभो ? मलाई यसको जवाफ दिन खसखस लागिहाल्यो । उहाँ जतिबेला प्रधानमन्त्री हुनुभयो, त्यो भन्दा निकै अगाडि म प्रधानमन्त्री भएँ । आजभन्दा १५ वर्ष अगाडि । त्यसबेला इलाममा रहेको मेरो पैत्रिक सम्पतीका रुपमा रहेको ५५ रोपनी जग्गा मैले राज्यलाई दिएर सीटीईभीटी निर्माण गरेँ । सिटीभिटी भवन निर्माण गर्न जग्गा खोज्दा झ्याप्प झुप्प मिलेन । अनि आफ्नै जग्गा दिएर सिटीइभिटी बनाएँ।”
खनालले ओलीको अर्को आरोपको पनि जवाफ दिदै प्रश्न गरे “नीति तथा कार्यक्रम आफ्नै नेतृत्वको सरकारले ल्याएभन्दा फरक नरहेको भनेको भन्दै आफैले ल्याएको नीति तथा कार्यक्रम काम नलाग्ने हो कि अहिलेको ?”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस