काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोतसाधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकैपटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा सरोकारवाला निकायका प्रमुखलाई धन्यवाद दिएका छन् ।
गृहमन्त्री खाणले सबै सुरक्षा निकायका प्रमुख, गृह प्रशासन, निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृत भएर खटिएका जिल्ला न्यायाधीश र निर्वाचन अधिकृतलाई सीमित स्रोतसाधन उपयोग गरेर एकै चरणमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाएकामा धन्यवाद दिएका हुन् ।
गृहमन्त्री खाणले शनिबार बिहान प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलिया, प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई टेलिफोन गरेर छिटफुट घटनाबाहेक मुलुकभर स्थानीय तह निर्वाचन एकैपटक सम्पन्न गरेकामा धन्यवाद दिएका हुन् ।
‘सीमित स्रोतसाधनको उपयोग गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृत र जवानले दृढता र प्रतिबद्धतासाथ आफ्नो जिम्मेवारी पूरा गरेका छन्’, गृहमन्त्री खाणले टेलिफोनमा भने, ‘मुख्य निर्वाचन अधिकृत भएर खटेका जिल्ला न्यायाधीश र निर्वाचन अधिकृतले आफ्नो महत्वपूर्ण कार्यभार सम्पन्न गरेका छन् ।’
म्यादी प्रहरीले झन प्रतिबद्ध भएर फ्रन्ट लाइनमा बसेर आफ्नो जिम्मेवारी निभाएका छन् । सबैले सरकारले दिएको जिम्मेवारी दृढतापूर्वक र प्रतिबद्ध भएर पूरा गरेका सबै धन्यवादका पात्र हुन् ।’ एकैपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्ने चुनौतीपूर्ण काम सबैको दृढता र प्रतिबद्धताका कारण सम्पन्न भएको गृहमन्त्री खाणले बताए ।
गृहसचिव पाण्डेले गृहमन्त्री खाणले सरकारको निर्णयबमोजिम सीमित स्रोत साधनबीच एकै चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा धन्यवाद व्यक्त गरेको जानकारी दिए । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले एकैपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्न सीमित स्रोत साधनबीच सुरक्षा व्यवस्था मिलाएकामा धन्यवाद दिएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस