सर्लाही- ओलीको बेइमानीको हिसाबकिताब जनताले वैशाख ३० गते गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
स्थानीय निर्वाचनमा गठबन्धन र आफ्ना उम्मेदवारका लागि मत माग्न सर्लाहीको लालबन्दी आइपुगेका छन् । केपी ओलीको भ्रम र झूटको खेतीको एकएक हिसाब गर्न अब केही दिन मात्र बाँकी रहेको प्रचण्डले बताएका छन् ।
उनले नेकपा माओवादी केन्द्र लालबन्दी नगर समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै संघीयता, लोकतन्त्र विरोधी तथा प्रतिगामी शक्तिलाई परास्त गर्न गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरेका छन् ।
स्थानीय तहको निर्वाचनले संघीयताविरोधी तत्त्वलाई पाखा लगाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने अध्यक्ष प्रचण्डले बताएका छन् । उनले नेकपा एमालेलगायत केही पार्टीलाई संघीय लोकतान्त्रिक गणतन्त्र मन नपरेको भन्दै यसका विरुद्ध विभिन्न षड्यन्त्र गरेर संविधान र व्यवस्थालाई उल्टाउन खोजिरहेको आरोप समेत लगाएका छन् ।
उनले लोकतन्त्रबाट जनताका उपलब्ध अधिकार रक्षाका निम्ति लालबन्दी नगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका मेयर पदका उम्मेदवार प्रह्लाद बुढाथोकी र एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार गोविन्द अधिकारी लगायत सम्पूर्ण उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् ।
आजै अध्यक्ष प्रचण्डले चक्रघट्टा र धनकौल गाउँपालिकामा पनि चुनावी सभालाई सम्बोधन गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस