काठमाडौं- सत्ता गठबन्धनभित्रै चुनावी तालमेलमा बन्न नसकेपछि रोल्पामा नेकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने भएको छ ।
यसका लागि पार्टीले १० स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको र सोमबार उम्मेदवारी दर्ता गर्ने जनाएको छ।
पार्टी श्रोतले जनाए अनुसार रोल्पा नगरपालिकाको मेयरमा सुरेन्द्र थापा घर्ती र उपमेयरमा गीता आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यस्तै सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा मनिराम बुढाथोकी र उपाध्यक्षमा कुमारी थापा तथा लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा भरत थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। लुङग्री गाउँपालिका उपाध्यक्षको भने टुंगो लागेको छैन।
सुनछहरीको अध्यक्षमा धनबहादुर पुन र उपाध्यक्षमा नैनकला घर्ती, थबाङको अध्यक्षमा ऋषिकेशव बुढामगर र उपाध्यक्ष सर्मिला बुढा, परिवर्तनको अध्यक्षमा शुकबहादुर बुढामगर र उपाध्यक्षमा कलादेवी खत्री, माडीको अध्यक्षमा अमरसिंह घर्तीमगर र उपाध्यक्षमा जयपुरी घर्ती तथा गंगादेवको अध्यक्षमा वीरबहादुर खत्रीलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
यस्तै त्रिवेणीको अध्यक्षमा रेशम पुन र उपाध्यक्षमा भागीसरा खत्री तथा रुण्टीगढीको अध्यक्षमा गोविन्द पुन र उपाध्यक्षमा कौशिला जिसीलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
यसअघि माओवादीले रोल्पाका एक नगरपालिका सहित ७ स्थानीय जितेको थियो। यस्तै एमालेले दुई र काँग्रेसले एक स्थानीय तह जितेको थियो। रोल्पामा कुल १० स्थानीय तह छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस