काठमाडौं- समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज बिहीबार चुनावी अभियानका क्रममा धनगढी पुगेका प्रचण्डले पत्रकारहरूसँग भने, “कहीँकतै (पालिकामा) गठबन्धनभित्र त्यस्तो समस्या पर्यो भने गठबन्धनभित्र स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौँ।”
उनले यद्यपि ६ महानगरपालिका र ११ उपमहागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा गठबन्धनभित्र तालमेल हुने बताएका छन् ।
उनले थप भने, “जसरी केन्द्रमा महानगर र उपमहानगरपालिकामा सहमतिका आधारमा तालमेल गरेका छौँ । त्यही मर्म र भावनालाई आत्मसात गरेर तालमेल र गठबन्धन गर्ने भनेर भनेका छौँ। समस्या परेमा त्यस्तो ठाउँमा गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुन सक्छ भनेका छौँ। तर, त्यस्तो भन्नुको तात्पर्य गठबन्धनभित्रको प्रतिस्पर्धामा प्राथमिकता दिने भनिएको होइन। प्राथमिताकता तालमेलमा हो । तर, समस्या कहिँकतै पर्यो भने समस्या परेको ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा नै हो।”
गठबन्धन अब चुनावी तयारीमा होमिएको बताए। केही समय अघिसम्म चुनाव सार्ने हल्ला फैलाइए पनि अब निर्धारित समयमै चुनाव हुने स्पष्ट भएको प्रचण्डको भनाइ थियो।
प्रचण्डले भने, “कतिपयले चुनाव सर्छ भनेर ‘कन्फुज’ पार्न खोजेका थिए। मैले त्यति बेला पनि गठबन्धनमा आवद्ध दल र सरकार सम्पूर्ण दृढताका साथ चुनावमा गइसकेको भनेको थिएँ । अब त थप स्पष्ट भएको छ। वैशाख ३० मै स्थानीय तहको चुनाव हुन्छ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस