काठमाडौं-सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन नगरी काममा फर्कने गरी अल्पकालिन अन्तरिम आदेश दिएपछि गभर्नर अधिकारी आजदेखि काममा फर्किने भएका हुन ।
मन्त्रिपरिषद्ले गत २४ चैतमा निर्णय गर्दै गभर्नर अधिकारीमाथि छानबिन गर्ने भन्दै निलम्बन गरेपछि गभर्नर अधिकारीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्धको निर्णय तत्काल कार्यान्वयन नगर्नु भन्दै बैशाख १३ गते दुवै पक्षलाई बोलाएको छ । त्यतिबेलासम्म गभर्नर निलम्बन नहुने भएपछि गभर्नर अधिकारी आज नै राष्ट्र बैंकमा काममा फर्किने तयारीमा छन् ।
न्यायाधीश हरि फुँयालको एकल इजलासले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलवार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
२५ चैतको राष्ट्र बैंकको कार्यक्रममा गभर्नरलाई गाली गर्दै फर्केका अर्थमन्त्री जनार्दन शर्माले चैत २४ गतेको मन्त्री परिषदको निर्णय भन्दै छानबिनका लागि २५ गते अधिकारीलाई निलम्बन गरेको थियो। जवकी मन्त्रीपरिषदको सार्वजनिक गरिएको निर्णयमा गभर्नर निलम्बनसम्वन्धी बुँदा नै समाविष्ट थिएन ।
यहि निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले मंगलवार आदेश दिएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस