सोल – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले दक्षिण कोरियामा अग्राधिकार शेयर खुला गरेको छ | दोर्दी १ जलविद्युत आयोजनाले लमजुंगमा निर्माण गर्ने १२ मेघावाट क्षमताको आयोजनाको लागि शेयर आवेदन खुला गरेको हो |
तीन बर्ष निर्माण अवधि रहेको आयोजनाको लागत दुइ अर्ब २९ करोड रहेको छ | दोर्दी खोला खोला जलविद्युत कम्पनी लिमिटेडले यस आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, बृस्तित डिजाइन , वाताबरणीय अध्ययन सकिसकेको छ |
अग्राधिकार शेयर ४ बर्ष अर्थात २०७७ असार मसान्त भित्र स्वत साधारण शेयरमा परिवर्तन हुनुका साथै अग्राधिकार शेयरमा बार्षिक ७.५ % प्रतिफल दिने कम्पनीको योजना रहेको छ | शेयर बजारबाट प्राप्त हुने प्रतिफल बाहेक लगानी कर्ताले बार्षिक १७ प्रतिशत आयोजनाबाट लाभांश प्राप्त गर्नेछन|
निर्माण सम्पन्न हुनु पुर्व ब्याजको रुपमा ७.५ प्रतिशत लगानीकर्ताहरुलाई कम्पनीले प्रतिफल प्रदान गर्नेछ | आयोजना सम्पन्न पश्चात उक्त प्रतिफल स्वत अग्राधिकार शेयरमा परिणत हुनेछ | आयोजनाको निर्माण प्रारम्भ २०१७ को जुलाईबाट हुनेछ |
आयोजनाको लागि सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक कैलाश विकास बैंक र यति विकास बैंक बीच ऋण सम्झौता भएको छ | साधारण शेयरमा परिवर्तन हुने आग्राधिकार शेयर भएकोले लगानीकर्ताको जोखिम न्युन हुनुको साथै आयोजनाबाट बिद्युत उत्पादन पश्चात साधारण शेयरमा परिवर्तन हुने भएकाले लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्नेमा पूर्ण बिश्वस्त हुन कम्पनिले लगानीकर्तालाइ सुझाएको छ | आयोजनाको निर्माण पश्चात यसको शेयर सर्वसाधारणलाई विक्री गरी नेप्सेमा सुचिकृत गरीने योजना रहेको कम्पनीले जानकारी गराएको छ |
लगानीकर्ताले न्यूनतम एक लाखको अग्राधिकार शेयर खरिद गर्नुपर्ने हुन्छ | दक्षिण कोरियामा सोल ,सुवन, थेगु ,बुसान ,आन्सान लगायतका शहरबाट शेयर आवेदन दिन सकिनेछ |
क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रवर्धित कम्पनी सि.ई.डि.बी हाइड्रो फण्डले यस अघि लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ भने ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ|
यसै कम्पनीले गत साता मात्रै रुकुममा ४.३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलबिधुत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको छ | कम्पनीमा हाईड्रो र बैंकिंगमा दुइ दशक बढी अनुभव भएका व्यक्तिहरु रहेको संचालक समिति छ |
दक्षिण कोरियामा दोर्दी एक जलविद्युत आयोजनाको अग्राधिकार शेयरका लागि आरपी देवकोटा- ०१०५८७७५५१२, लिलु डुम्रे -०१०२२६२६४३० र खेम कार्की -०१० ६४५३३०५० मा सम्पर्क गर्न सकिनेछ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस