काठमाडौं-पेट्रोलियम पदार्थको खपत कम गर्न हप्तामा दुई दिन बिदा दिन नेपाल राष्ट्र बैँक र नेपाल आयल निगमले गरेको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेको पेट्रोलियम पदार्थको खपत कम गर्न उक्त प्रस्ताव गरिएको हो । नेपाल आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार दुई दिन सार्वजनिक बिदा दिँदा अत्यावश्यक बाहेकका सवारी साधनहरु नगुड्ने भएका कारण पेट्रोलियम पदार्थको खपतमा मासिक ३५ प्रतिशतले कमी आउनेछ । जसका कारण नेपाल आयल निगमले व्यहोरिरहेको घाटा पनि कम हुने छ ।
कार्कीले भने -‘हाल अन्तर्राष्ट्रियस्तरमा नै पेट्रोलियम पदार्थको मूल्य बढेको छ, जसका कारण पेट्रोलियम पदार्थ खरिद गर्दा नै धेरै रकम बाहिर गइरहेको छ, हप्तामा दुई दिन बिदा दिने हो भने सवारी साधन कम गुड्ने भएका कारण खपत कम भई मुद्रा विदेशिनबाट रोकिन्छ र व्यापार घाटा पनि कम हुन्छ ।’’
तर, सरकारले सार्वजनिक बिदा दिँदा त्यसलाई सदुपयोग गर्नका लागि देशका विभिन्न भागको आवतजावत बढेमा पेट्रोलियम पदार्थको खपत घट्नुको साटो झनै बढ्ने उनको भनाइ छ । त्यसकारण सरकारले यसमा कडाइ गर्नुपर्ने कार्कीको सुझाव छ ।
कार्कीका अनुसार सरकारलाई दुई दिन सार्वजनिक बिदाको साथै इलेक्ट्रोनिक सवारीको प्रयोग बढाउनका लागि आग्रह गरिएको छ । साथै, इलेक्ट्रिक सवारीको आयातमा भन्सार शूल्क घटाउन पनि प्रस्ताव गरिएको भनाइ छ ।
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई दिन बिदा दिने कुरा चले पनि आधिकारिक निर्णय भने नभएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस