वि.सं.२०७८ साल चैत्र २६ गते । शनिबार । ईश्वी सन् २०२२ अप्रिल ०९ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि–अष्टमी, बेलुकी १० बजेर ५७ मिनेट उप्रान्त नवमी । नक्षत्र–पुनर्वशु, रातको ०२ बजेर २६ मिनेट उप्रान्त तिष्य । योग– अतिगण्ड, बिहान ०९ बजेर ५० मिनेट उपान्त सुकर्मा । करण–भद्रा, बिहान १० बजेर ०० मिनेट उप्रान्त बव, बेलुकी १० बजेर ५७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मिथुन, बेलुकी ७ बजेर ५० मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४८ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर २३ मिनेट । दिनमान ३१ घडी ३१ पला । चैत्राष्टमी, भवानीउत्पत्ति, शन्याष्टमीव्रत, गोरखकालीपूजा, चैते दशैं, अशोकको पाउला खाने, जमयात श्रीश्वेत्मत्स्येन्द्रनाथरथयात्रा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन शकिनेछ । सामाजिक काम गरि जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैया पैसा कमाउन सकिनेछ । मेहनेतले प्रतिस्पर्धीहरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । सत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन् । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय फलदायी रहनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सुचना प्रविधीको प्रयोग गरि नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलाव खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
फजुल खर्च बढ्नेछ । खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा बृद्धि हुने योग रहेकोछ । आफ्नै मानिसलाई बिश्वास गर्दा धोका पाईनेछ । लामो दुरिको विदेश यात्रा हुनेछ भने एनजिलो तथा विदेशी लगानिबाट सञ्चालित सस्थामा काम पाईनेछ । व्यापारको लागी बिहानको समय उत्तम रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अग्रज तथा बुवाबाट गाईड लाईन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुनाले मन खुशि रहनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा बृद्धि गर्न सकिनेछ । बित्तिय तथा चेतनामुलक कामहरुबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाईदा हुनेछ । कृर्तिमानि काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेकोछ । व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
धार्मिक तथा अध्यात्मिक चेतानाले समाजसेवामा मन जागृत हुनेछ । लामो दुरिको धार्मिक यात्रा हुनेछ । सरकारी क्षेत्रमा बसेर सेवा प्रबाह गर्नेहरुले समयमा तपाईको काम गर्दिनाले अन्य काममा हात हाल्न सकिनेछ । खोजीमुलक क्षेत्रमा समय खर्चिए भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आश्वासन तथा बचन दिनेहरुले झुक्याउन सक्छन् ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउदा आउदै न्युन पारिश्रमिकमा समग लगानि गर्नुपर्ने हुन सक्छ । मनपरेको भौतिक बस्तु तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दिदि बहिनी बीच सम्बन्ध बिग्रनेछ । अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भौतिक सम्पती तथा विलाशी वस्तुको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यावसायकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिस्पर्धामा तपाईँको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसाय फस्टाएर जानेछ । वौद्धिक व्याक्तित्वहरु सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
घरजग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाइ लेखाइ कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको विकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउनेहरु सक्रिय रहनेछन् । छाति सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुनाले मन बिचलित हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस