काठमाडाैं- एमसिसीकाे विराेधमा सत्ता गठबन्धन दलकै जनवर्गीय संगठन सडकमा उत्रिएका छन् ।
सरकारले आज दिउँसाे १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्ने तयारी गरिरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले आन्दाेलन घाेषणा गरेका हुन् ।
माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र वाइसियलले ‘यथास्थितिमा एमसिसी टेबल गर्ने कदमविरुद्ध’ संसद भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम छ । अनेरास्ववियुका नेताहरुका अनुसार बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटल अगाडि भेला भएर संसद भवनसम्म प्रदर्शन गरिनेछ ।
त्यस्तै, एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि एमसिसीविरुद्ध संसद भवन घेराउ गर्दैछ ।
एमसिसीबारे रणनीति तय गर्न आज बिहान १० बजे माओवादी केन्द्रकाे संसदीय दलकाे बैठक बस्दैछ ।
अन्य दल र समूहकाे पनि प्रदर्शन
एमसिसीविरुद्ध आज अन्य दल र समूहले पनि प्रदर्शन गर्ने भएका छन् । एमसिसीकै विराेधमा आज नेपाल बन्दकाे घाेषणा गरेका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले देशभर प्रदर्शन गर्ने कार्यक्रम छ ।
उपत्यकामा दिउँसाे १२ बजे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विराेध प्रदर्शन हुने नेताहरुले बताएका छन् ।
त्यस्तै ‘एमसिसीविरुद्ध जनआन्दोलन-२०७८’ ले एमसिसी सम्झौताविरुद्ध बिहान ११ बजे माइतीघरदेखि संसद भवनसम्म प्रदर्शन गर्ने कार्यक्रम छ ।
पूर्वसुरक्षाकर्मी परिषद् र नेपालका लागि नेपाली पार्टीले बिहान साढे ११ बजे माइतीघरमा एमसिसीको विरोधमा मौन जुलुस गर्ने कार्यक्रम छ ।
‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ले पनि दिउँसाे १२ बजे माइतीघरमा विराेध प्रदर्शन गर्दैछ । राप्रपाका भातृ संगठनले पनि दिउँसाे १२ बजे बबरमहलदेखि संसद भवनसम्म विराेध प्रदर्शन गर्ने कार्यक्रम छ ।
बाबुराम भट्टराईको टिप्पणी : एमसिसीका विरोधी र समर्थक एउटै सरकारमा बस्न मिल्दैन
सत्ता गठबन्धनका नेतासमेत रहेका जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिकी अनुदान परियोजना एमसिसीको विरोधी र समर्थकहरू एउटै सरकारमा बस्न नमिल्ने बताएका छन् ।
गठबन्धनको सरकार छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा रहकामध्ये माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले विराेध प्रदर्शन गर्ने भएपछि भट्टराईले टिप्पणी गरेका हुन् ।
उनले ट्वीट गर्दै भनेका छन्-‘एमसिसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन-सरकारमा बस्न मिल्दैन ।’
‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन। भेडा, भेडासँग बाख्रा, बाख्रासँग हुनु राम्रो,’ उनले भनेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस