बुटवल- मूल्यवृद्धिविरुद्धको आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच बुटवलमा झडप भएको छ । झडपमा परी पाँच जना विद्यार्थी घाइते भएको अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियू रूपन्देहीले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो । कार्यक्रममा विद्यार्थीहरूले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए । विरोधस्वरुप मुख्यमन्त्री कार्यालयअघिबाट कालो बेलुन उडाउने क्रममा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि विद्यर्थीहरूले गरेको प्रदर्शनलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपमा परी अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियू जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल र गुनबहादुर श्रेष्ठ घाइते भएको अनेरास्ववियूले जनाएको छ ।
नगर कमिटी अध्यक्ष रोशन घिमिरेको टाउकोमा गम्भीर चोट लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले भने झडप नभई सामान्य धकेलाधकेल भएको बताए । कार्यालय समयमा कामकाजलाई समेत प्रभाव पार्ने गरी प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गर्नु परेको उनकाे भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस