न्युयोर्क- अमेरिकाको एउटा कम्पनीले खोप नलगाएका कर्मचारीहरुलाई निस्काशन गर्ने भएको छ । टी मोवाईलले २ अप्रिलसम्म पूर्ण खोप नलगाउनले व्यक्तिलाई निस्काशन गर्ने भएको हो । कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा यस्तो दाबी गरिएको हो । २१ फेब्रुवरीसम्म पहिलो डोज लगाएका कर्मचारीहरुलाई वेतलबी बिदामा राखिने टी मोबाइलका मानव श्रमसाधन प्रमुख डिएनी किङले बताए ।
प्रविधिसम्बन्धी अमेरिकी समाचार संस्था दी भर्जका अनुसार कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,, ‘टी–मोवाइलको कार्यलय कोभिड १९ विरुद्ध खोप लगाउनेका लागि मात्र पहुँच योग्य हुनेछ । ’
कर्मचारीहरुको खोप अवस्था याद राख्न कम्पनीले डिजिटल पास प्रणाली प्रयोग गरेको प्रसंगलाई पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कार्यलयका कर्मचारीलाई २ अप्रिलसम्म पूर्ण खोप आवश्यक पर्ने हामीले उनीहरुलाई जानाकारी दिएका छौं ।’ तर, निश्चित भूमिका र स्थानमा केही छुट हुने जनाइएको छ । कार्यलयमा नियमित वा कहिलेकाही काम गर्ने कर्पोरेट कर्मचारीका लागि सो नीति लागु हुने जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस