सुर्खेत – दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिक व्यवस्थाअनुसार आउँदाे जेठमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था भएको र त्यही आधारमा आगामी जेठ महिनामा पाँच वर्ष पुग्ने भएकाले यसअवधिमा निर्वाचन नभएमा आफूले गाउँपालिका अध्यक्षबाट राजीनामा दिने ओलीकाे घाेषणा छ ।
वर्तमान गठबन्धन सरकार स्थानीय तहको निर्वाचनको मिति सार्ने तयारीमा रहेको शंका गर्दै उनले तोकिएकै समयमा चुनाव नगरे पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले भनेका छन्,‘सरकारले चुनाव घोषणा गरेन भने पनि म संविधान र जनताको अभिमतको कदर गर्दै २०७० साल जेठ ४ गते ठिक १ बजे नै जनताका नाममा सपथ खाएको समयमा आफ्नो पालिकाको अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु ।’
नेपाली कांग्रेस दैलेख जिल्ला कार्यसमितिका सचिवसमेत रहेका ओलीले संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारको अवधि आगामी ५ जेठमा सकिने बताए । ‘हामीले २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा निर्वाचित भएपछि जेठ ४ गते १ बजे शपथ खाएका हौं,’ उनले भने, ‘अहिलेको सरकारले पनि त्यसै मितिसम्म निर्वाचन गरोस् । यदि सरकारले जेठ भित्र निर्वाचन नगरे मैले शपथ खाएको मितिअनुसार नै पदबाट राजीनामा दिन्छु ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस