पाँचथर-पाँचथरको गोपेटार स्थित एनएमबि माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङको हत्या आरोपीलाई पाँचथर प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ ।
पाँचथर हिलिहाङ ६ भारपाका १९ वर्षीय अस्मीन भनिने घनेन्द्र लावतीलाई प्रहरीले पक्राऊ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले फिदिममा पत्रकार सम्मेलन गर्दै हत्या आरोपी लावतीका साथवाट वरामद गरेको नगद ८१ हजार ७० रुपैंया र हत्यामा प्रयोग भएको खुकुरी पनि सार्वजनिक गरेको हो ।
लावतीले पैसाकै प्रलोभनमा तामाङलाई बाटो ढुकेर गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।
हत्या आरोपी लावती घर नजिकैको जंगलमा लुकेर वसेको अवस्थामा खुकरी र नगद सहित पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।
तामाङलाई असार ३ गते अपरान्ह ४ वजे हिलिहाङ ६ भारपा स्थित सिटे भन्ने स्थानमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
इलामको माइ जोगमाइ घर भएकी २१ वर्षीया तामाङ एनएमवि माइक्रोफाइनान्स गोपेटारमा प्रशिक्षार्थी सहायकका रुपमा कार्यरत थिइन ।
मृतकका परिवारलाई बैंकका तर्फवाट राहत
यसैविच एनएमवि माइक्रो फाइनान्सले हत्या गरिएकी कर्मचारी तामाङको परिवारलाई ६ लाख ५० हजार रुपैंया राहत रकम उपलव्ध गराउने भएको छ । माइक्रोफाइनान्सले तामाङको परिवारका एकजना सदस्यलाई रोजगारी दिने सहमति समेत गरेको सहायक महा प्रवन्धक रामचन्द्र मिश्रले जानकारी दिए ।
घोषणा गरेमध्ये १ लाख रुपैंया शुक्रवार घरैमा पुगेर वितरण गरेको पनि मिश्रको भनाई छ । यो वाहेक कर्मचारी परिवारका तर्फवाट यथासक्दो रकम संकलन गरी परिवारलाई उपलव्ध गराउने तयारी भइरहेको पनि मिश्रले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस