लमजुङ – पृथ्वी राजमार्ग अन्तर्गत पर्ने डुम्रे–बेसीशहर सडक दुई लेनको बनाउन थालिएको छ । मनाङ र लमजुङलाई राजधानी काठमाडाैं तथा विभिन्न ठूला सहरसम्म जोड्ने बेसीसहर–डुम्रे सडक एकमात्रै सडक हो । ४२ किलोमिटर डुम्रे–बेसिशहर सडकखण्डमा दैनिक ५ सयको हारहारीमा सवारी साधन ओहोरदोहोर गर्दछन् । तर, सडकको उचित मर्मत र विस्तार नहुँदा यात्रु निकै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युत विलास पन्तले बताए । उनका अनुसार २ लेनको सडक निर्माण कार्य ३० महिनामा सक्ने गरी सम्झौता भएको छ ।
पन्तका अनुसार डुम्रे बजारबाट दुई सय २० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो। यसअघि ३ दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) अव ७ मिटरको हुनेछ ।
दायाँ बायाँ १/१ मिटरको ‘सोल्जर’ हुने उक्त सडकमा आवश्यकता अनुसार १/१ मिटरको नाली निर्माण हुनेछ । पृथ्वी राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/ १५ मिटरको हुने भएको छ । अहिले सडकको नाली बनाउने, चौडाइ पुर्याउन कटिङ गर्ने, पर्खाल उठाउने लगायत निर्माण कार्य भइरहेको छ । आठ दशमलव आठ किलोमिटर सडक ०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो।
उक्त सडकका लागि भ्याट र पीएसबाहेक ७५ करोड ९४ लाख ९७ हजार रुपैयाँको लागत अनुमान गरिएकोमा आशिष अनेस्ट जेभीले ३८ करोड ९ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने डुम्रे–बेसीशहर सडक मर्मत नहुँदा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस