काठमाडौं- बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले नारायणहिटी दरबार सग्रहालयभित्र बतास समूहलाई कफीसप सञ्चालन लगायतका व्यापारिक गतिविधि सञ्चालन गर्न दिने ठेक्का सम्झौताबारे छानबिन गर्न गठित सरकारी समितिले आफूहरुसँग कुनै प्रतिक्रिया नै नलिइ रिपोर्ट बुझाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होम प्रसाद लुइटेल नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रतिवेदन मन्त्री प्रेमबहादुर आलेलाई बुझाउँदै सार्वजनिक गरेको थियो । तर, उक्त समितिले एकपक्ष आफूहरु (बतास समूह) सँग भने कुनै सोधपुछ नै नगरेको उनको भनाइ छ ।
‘जाँच गर्न बनेको समितिले हामीहरुसँग कुनै सोधपुछ र प्रतिक्रिया लिएन । विवाद आयो, हामी पनि त एक पक्ष हो नि! के हो त कुरा भनेर सोध्ने र हाम्रो कुरा राख्ने मौका हामीले पाउनु पर्ने होइन?’ न्युज कारखानासँगको कुराकानीमा बतासले भने, ‘सरकारी समितिले एकपक्षीय रुपमा प्रतिवेदन बुझाएको छ।’
नारायणहिटी दरबार संग्रहाल एवम् गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले त्यहाँ क्यान्टिन/क्याफेटेरिया सञ्चालनका लागि टेन्डर आह्वान गरेपछि आफूहरुले प्रक्रियागत रुपमा नै टेण्डर हालेको उनले दाबी गरे ।
‘समितिले टेन्डर आह्वान गरेपछि हालेको हो। ३५ दिने सूचनामा सकैले पनि टेन्डर हालेनन्, १५ दिन थप गरेपछि हामीले थाहा पायौं र हाल्यौं । तर यसबारे हामीले छानबिन समितिसँग आफ्नो कुरा राख्न नै पाएनौं’ उनले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस