काठमाडौं-तपाईंले हुलाकमार्फत पठाएको चिठीपत्र सम्बन्धित ठाउँमा कति दिनमा पुग्छ ? आज कहाँ पुग्यो होला ? भोलि कहाँ पुग्नेछ ? कहींकतै अलमल भयो वा अड्कियो ? विगतमा यस्ता जानकारी पाउन सकिन्नथ्यो। लेखिएकै ठेगानामा चिठी पुग्दैन या बाटोमै हराउँछ कि भन्ने चिन्ताले सताउँथ्यो प्रेषकलाई।
तर अहिले यसबारे कम्युटरको स्क्रिनमा घरबाटै जानकारी पाइनेछ। यसका लागि हुलाक सेवा विभागले विशेष ट्र्याकको व्यवस्था गरेको छ। गोश्वारा हुलाक कार्यालयको ‘डब्लूडब्लूडब्लु डट जीपीओ डट जीओभी डट एनपी’ मा लग अन गरी डोमेस्टिक ट्र्याकिङमा चिठीको कोड नम्बर राखेपछि सबै जानकारी प्राप्त हुन्छ।
हुलाक सेवा विभागले देशका सबै जिल्लामा चिठी र पार्सल ट्र्याकिङ गरेपछि प्रयोगकर्ताले सहज सेवा पाएका छन्। साथै चिठी हराउने वा समयमै नपुग्ने समस्या हटेको छ। हुलाक सेवालाई जिम्मेवार र कर्मचारीलाई जबाफदेही बनाउन प्रविधिले सघाएको गोश्वरा हुलाक कार्यालयका प्रमुख वेदप्रसाद भण्डारीले बताए। ‘यो प्रविधि प्रयोगमा आएपछि चिठी हराएको गुनासो आएको छैन’, उनले भने।
नेपालमा चिठीपत्रमार्फत खबर, सूचना र समाचार आदानप्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोदीप सिंहले १९३५ सालमा नेपाल हुलाक घर स्थापना गरेका थिए।
एक सय ४१ वर्षे इतिहास बोकेको हुलाक ढिलो गरी प्रविधिसँग हिँड्न खोजेको छ। तीन वर्षदेखि यस्तो प्रविधिबाट स्वदेशभित्र चिठी र पार्सलको ट्र्याकिङ सुरु भएको हो। अहिले देशका ७७ वटै हुलाकमा यो प्रविधि पुगेको आजको अन्नपूर्ण दैनिकले छपेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस