सोल- हाम्रो घर वरपर हुने आगलागीका घटनामा मुख्यतया को जिम्मेवार हुन्छ ? सामान्यतया मानवीय त्रुटी र कमजोरीले घर तथा वरपरको वातावरणमा आगलागी हुने गर्छ । तर, दक्षिण कोरियाको सवालमा भने यो मेल खाँदैन् । आगलागीका अधिकांश घटनामा बिराला जिम्मेवार मानिएका छन् । पछिल्ला तीन वर्षमा भएका आगलागीमध्ये १०० भन्दाबढी आगलागीका घटना बिरालाका कारण भएका छन् ।
सीउल महानगरपालिकाको आगोलागी तथा विपद् विभागको तथ्यांकलाई हेर्ने हो भने पनि सन् २०१९ देखि यो वर्षको नोभेम्बरसम्म भएका आगालागीका घटनामा १०७ ओटा आगलागी बिरालोका कारण भएका छन् ।
बिरालोले विद्युतीय स्टोभमा स्वीच अठ्याइदिँदा अधिकांश आगलागीका घटना भएका हुन् । केही बटनहरु थिचेर बिरालोले विद्युतीय स्टोभ अन गरिदिने र त्यो तातेपछि घरेलु सामाग्रीमा आगो सल्किने गरेको हो ।
घर मालिक नभएका समयमा हुने यस्ता आगोलागीका कारण केही मानिस पनि घाईते भएका छन् ।
‘बिरालोका कारण हुने आगलागीका घटना बढेका छन्,’ विभागकी अधिकारी चोङ गोयो चुल भन्छिन्, ‘घरमा कोही नभएको बेला चौतर्फी आगो फैलन सक्ने भन्दै गृहणीलाई सावधानी दर्शाएका छौं ।’
स्टोभबाट पेपर टावेल हटाउन र वरपर कागजलगायत छिट्टै आगो सल्किने सामाग्री नराख्न स्थानीय प्रशासनले घरधनीलाई अनुरोध गर्दै आएको छ ।
घरेलु जनावरका कारण लाग्ने आगलागीका घटना राजधानी सीउलमा धेरै बढेका छन् ।
पछिल्ला तीन वर्षमा यस्ता आगलागीमा धेरै बृद्धि भएको छ । यो समस्या अमेरिकाम मात्र सीमित छैन् । अमेरिकन हुमन एसोसियसनका अनुसार अमेरिकामा हुने एक हजार आगलागीका घटनमा पाल्तु जनावर जिम्मेवार छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस