रसुवा- रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा पौषे औंसीमा श्राद्ध गर्नेको आइतबार बिहानैबाट घुइँचो लागेको छ । धार्मिक एवं पवित्र त्रिशूली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा पौषे औंसीका दिन दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिएर श्राद्ध गर्नेको भिड लागेको हो ।
उत्तरगयाधाममा हरेक वर्ष पौषे औंसीका दिन हजारौले पितृको नाममा पिण्ड तर्पण गर्ने गरेका छन् । हिन्दु धर्मालम्वीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गरेका छन् भने बौद्ध धर्मालम्वीले मृत्यु भएका आफन्तका नाममा लामाहरूले मन्त्र पढ्ने र बत्ती बालेका छन् । उत्तरगयाको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंसीका दिन आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छ भन्ने विश्वास छ ।
देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकुट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको वेत्रगंग र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औंसीका दिन सबै देवता र मृतात्माको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको जनबिश्वास छ ।
पौषकृष्ण औंसीका दिन बेत्रावतीमा आमाबाबु नभएकाहरूले सके बर्सेनी र नसके जीवनमा एकपटक भए पनि श्राद्ध गर्ने चलन छ । स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार उत्तरगया क्षेत्रमा त्रिशूली नदी र देवी गंगा नदी बगेकाले उक्त पवित्र ठाउँलाई बेत्रगंगा भनेर मानिएको छ । बेत्रावतीमा श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एउटा गयाको रूपमा पिण्डदान गर्ने चलन छ ।
चार गयामध्ये तीनवटा गया भारतमा पर्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुभन्दा पहिले उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने भक्तजनको भनाइ छ ।श्राद्ध गर्न रसुवासहित नुवाकोट, धादिङ, काठमाडाैं, मकवानपुर, चितवन, गोरखा, कास्कीलगायतका स्थानका मानिस उत्तरगया आउने गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस