ताप्लेजुङ- ताप्लेजुङका विभिन्न हिमाली बस्तीमा हिमपात पर्न सुरु भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका—६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै जनजीवन प्रभावित हुन पुगेको हो ।
घुन्सा क्षेत्रमा बुधबारदेखिनै सामान्य रुपमा हिमपात हुन सुरुभए पनि शुक्रबार भने निकै बाक्लो हिमपात पार्न थालेको घुन्साका स्थानीय पेमा शेर्पाले बताए । उनले भने, ‘अहिले पनि हिउँ परिराछ । मौसम खराब छ । चिसोले बाहिर निस्कनै समस्या भएको छ ।’ हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित भएको शेर्पाले बताए ।
हिमपात पर्न सुरुभएसँगै विद्यार्थी विद्यालय आउन नसक्ने भएकाले गत सातादेखि विद्यालयसमेत बन्द गरेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताए । उनले भने, ‘चिसोले केटाकेटीहरूको हात कक्रिन्छ । कक्षा कोठामा बस्नै सक्दैन । हिमाली गाउँमा न्यानो कपडा किन्न पसल पनि हुँदैन । त्यसैले विद्यालय अहिले बन्द गरिएको छ ।’
हिमपातले जनजीवन प्रभावित हुनका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले बताए । हिमाली क्षेत्रका प्रमुख पुर्खौली पेसाको रूपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउने मुस्किल पर्ने शेर्पाले बताए । सबैभन्दा याक चौँरीको बाछाबाछीहरूलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाले बताए ।
त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा पनि हिमपात भइरहेको स्थानीय तेन्जी शेर्पाले बताए । मिक्वाखोला गाउँपालिका—६ तोक्पेगोला क्षेत्रमा पनि हिमपात जारी रहेको मिक्वाखोला गाउँपालिका—६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए ।
त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि सामान्य हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश मनमणि काफ्लेले जानकारी दिए । सामान्य हिमपात मात्र भएकाले तीर्थ यात्रीहरू भने पाथीभरा मन्दिरमा पूजा पाठ गर्न जाने क्रम जारी रहेको काफ्लेले बताए । शुक्रबार ३०० जना भक्तजनले पाथीभरा मन्दिरमा पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस