तनहुँ – पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्मको सडक चार लेनको बन्दैछ । तीन खण्डमा स्तरोन्नति हुने सडकको आँबुखैरेनीदेखी पोखरासम्म ८१ किलोमिटर सडक निर्माण्को जिम्मा दुई चिनियाँ कम्पनीलाई दिइएको छ ।
मुग्लिन-पोखरा चार लेन सडक आयोजनाअन्तर्गतको आँबुखैरनी-जामुने पुर्वी खण्डमा सडक फराकिलो पार्ने काम भइरहेको छ । सडक फराकिलो बनाउँदा बन्दीपुर गाउँपालिका-४ विमलनगरमा रहेको चुनपहरा भत्कने आशंकाले यहाँका पर्यटन व्यवसायी र पर्यटनसँग सम्बद्ध संघसंस्था सशंकित छन् । सहासिक पर्यटन रक क्लाइम्बिङका लागि प्रसिद्ध विमलनगरको चुनपहरा कुनै पनि हालतमा जोगाउनुपर्ने पक्षमा पर्यटनसँग सम्बन्धित संघसंस्था छन् ।
विमलनगरको चुनपहरा जोगाउन एक देखिएका संघसंस्थाले दबाब दिन पहिलो पटक ‘रक क्लाइम्बिङ’ महोत्सव नै आयोजना गरेका छन् । शुक्रबार आज सुरु हुने ‘रक क्लाइम्बिङ’ महोत्सव सोमबारसम्म चल्नेछ । गण्डकी अल्पाइन क्लब, नेपाल पर्यटन बोर्ड र बन्दीपुर गाउँपालिकाले संयुक्त रूपमा महोत्सवको आयोजना गरेका हुन् । महोत्सवको आज नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले उद्घाटन गर्दैछन् ।
महोत्सवमा शुक्रबारदेखि रक क्लाइम्बिङ प्रतियोगिता हुने आयोजक संस्था गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाही ठकुरीले बताए । प्रतियोगिता अन्तर्गत महिला र पुरुष छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा गराइनेछ । दुवै विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए । उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा जापान, नेदरल्यान्ड र नेपालका गरी ५० जनाले प्रतिस्पर्धा गर्नेछन् ।
विमलनगरको चुन संरक्षण गर्दै प्रवर्द्धन गनुपर्छ भनेर दबाब दिन ‘रक क्लाइम्बिङ’ महोत्सव आयोजना गरेको ठकुरीले बताए । ‘विमलनगरको चुनपहरा रक क्लाइम्बिङका लागि सबै दृष्टिले उपयुक्त गन्तव्य हो । यसलाई भत्काउने होइन जोगाएर प्रवर्द्धनन गर्नुपर्छ । पहरा भत्काउन हुँदैन भन्ने सन्देश र दबाब दिनलाई महोत्सव आयोजना गरेका हौँँ’, उनले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस