लमजुङ- नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनका लागि लमजुङबाट १३ जना छनाेट भएका छन् । १-१३ पुस काठमाडौंमा तय भएकाे माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्यसहित १३ जना प्रतिनिधिले सहभागिता जनाउने भएका हुन् ।
सदस्य संख्याको आधारमा राष्ट्रिय सम्मेलन प्रतिनिधि छनाेट हुनेमा जिल्ला समन्वय कमिटी संयोजक एवं गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी, नेता बुद्धिराम गुरुङसहित सरोश शर्मा र सुनिल सुनार छन् ।
केन्द्रीय सल्लाहकार ऋषिराम पौडेल, चित्रबहादुर कार्की (सिवी) र हिमकुमारी सुनार पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनाेट भएका छन् भने जेष्ठ नागरिक कम्युनिष्ट मञ्चका पूर्णबहादुर गुरुङ र युवराज पराजुली पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनाेट भएका छन् ।
माओवादी केन्द्र लमजुङका अनुसार जिल्लामा पार्टी सदस्य संख्याको आधारमा चार जना छनाेट भएका हुन् भने पार्टीको प्रदेश कार्यालय बैठकले थप दुईजना छनाेट गरेको हो । सो बाहेक नेकपा माओवादी प्रदेश कार्यालय बैठकले जिल्लाका सतिमाया तामाङ र मोहमद जलालद्धिन मियालाई राष्ट्रिय सम्मेलन प्रतिनिधीको रुपमा छनाेट गरेको हो ।
पार्टीको केन्द्रीय सदस्य समेत रहेका देवेन्द्र पराजुली र केन्द्रीय प्रतिनिधि पारसमणि पौडेल पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि भएका छन् ।
माओवादी केन्द्रले वडा, टोल, पालिका हुँदै प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ । लमजुङमा पनि वडासहित जिल्लाका ८ वटा स्थानीय तहमध्ये सात वटामा नेतृत्व चयन भइसकेकाे छ । पोखरामा सम्पन्न प्रदेश अधिवेशनबाट लमजुङका १३ जना प्रदेश कमिटीमा चयन भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस