काठमाडौँ – कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएका डा. मीनेन्द्र रिजालले निर्वाचनमा पराजित भएपछि नैतिकताको आधारमा गत पुस १ गते मन्त्री पदबाट रक्षामन्त्री डा. मीनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएको स्वीकृत भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयले सोमबार विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम रक्षामन्त्री डा. रिजालले पदबाट राजीनामा दिएकोले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले उक्त मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी तोक्नुभएको जानकारी दिएको छ ।
डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका डा. रिजालले मतगणना शुरु भएको केही घण्टामै पदबाट राजीनामा दिने घोषणा गरेका थिए । महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका थिए भने अन्य उम्मेदवार डा. प्रकाशशरण महत र प्रदीप पौडेल पनि पराजित भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस