न्युयोर्क- अमेरिकाका एक पूर्वचिकित्सकको यौन दुर्व्यवहारबाट पीडित दर्जनौं महिलाले ठूलो क्षतिपूर्ति रकम पाउने भएका छन् । महिला जिम्न्यास्टिक राष्ट्रिय टोलीका पूर्वचिकित्सक डा. ल्यारी नासरको दुर्व्यवहारबाट पीडित महिलाले कूल ३८ करोड डलर क्षतिपूर्ति पाउने भएका हुन् ।
यौन कान्डको वर्षौपछिको कानुनी लडाइँपछि अमेरिकी जिम्न्यास्टिक र मिसिगन स्टेट युनिभर्सिटीले पीडितलाई क्षतिपूर्ति दिन सहमति जनाएको हो । यो क्षतिपूर्ति यौन दुर्व्यवहारका घटनामा अमेरिकी इतिहासमै अहिलेसम्मकै ठूलो हो ।
अमेरिकाको महिला जिम्न्यास्टिक राष्ट्रिय टोली र मिसिगन स्टेट युनिभर्सिटीका ३०० भन्दा बढी महिलाले डा. नासिरले आफूहरुमाथि यौन दुर्व्यवहार भएको गुनासो गर्दै आएका थिए । नासिरले आफूहरुलाई पटक पटक बलत्कार गरेको ओलिम्पिक्स विजेता खेलाडीलेसमेत गुनासो गरेका थिए ।
यसअघि सन् २०१८ मा मिसिगन स्टेट युनिभर्सिटीले ५० करोड डलर क्षतिपूर्ति दिने सहमति जनाएको थियो । तर, पछिल्लो सहमतिमा यूएसए जिम्न्यास्टिक्स र मिसिगन स्टेट युनिभर्सिटीले गरी कूल ३८ करोड डलर क्षतिपूर्ति दिन तयार भएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस