काठमाडौं- राप्रपाको अध्यक्षमा पराजित भएपछि निर्वतमान अध्यक्ष कमल थापा पूर्वराजपरिवारमाथि आक्रोश व्यक्त गरिरहेका छन् । हालै पार्टीको सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेपछि थापा पूर्वराजपरिवारमाथि खनिएका हुन् ।
महाधिवेशनको नेतृत्व चयनका लागि भएको मतदानको परिणाम आइतबार बिहान आएसँगै थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह लागिपरेको भन्दै आक्रोश व्यक्त गरे ।
तर, यसको केही घण्टापछि निवर्तमान अध्यक्ष थापा ज्ञानेन्द्रकी छोराबुहारी तथा हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार बिहान ८ः४२ बजे हिमानीले राप्रपा अध्यक्षमा निर्वाचित लिङ्देनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मुलुकले सच्चा राष्ट्रवादी नेता पाएको बताइन् ।
हिमानी ट्रष्टको अध्यक्ष उल्लेख गरिएको हिमानी शाह ट्वीटर ह्याण्डलमा आइतबार बिहान ८ः४२ बजे ट्वीट गरिएको थियो– अवसरबाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामना । राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ ।
लिङ्देनको जितलाई मुलुकले राष्ट्रवादी नेता पाएको उल्लेख गरेपछि निर्वतमान अध्यक्ष थापाले पनि ट्वीटरबाटै हिमानीलाई मेन्सन गर्दै अब चाँडै राजसंस्था पुनर्स्थापित हुने हुँदा हिमानी शाहलाई हार्दिक बधाई तथा शुभकामना भनेर जवाफ दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस