उडिसा-भारतमा विवाहकाे परम्परागत बाजाका कारण अाफ्ना ६३ ओटा कुखुराका चल्ला मारिएकाे एक व्यक्तिले गुनासाे गरेका छन् । सन्दर्भ यसै साताकाे अाइतबारकाे पूर्वी उडिसा राज्यमा भएकाे घटना हाे ।
विवाहमा चर्काे अावाज बजाउँदा कानकाे जाली फुटेर मध्यरातमा अाफ्ना चल्लाहरु मरेकाे किसान रन्जित कुमार परिदाले अाराेप लगाएका छन् । ‘बाजा बजाउने मानिसहरुलाई बाजकाे अावाज सानाे बनाउन अग्रह गरे, तर उनीहरुले सुनेनन् । विवाहमा निकै चर्काे अावाजमा बाज बजाइएकाे थियाे ।’ उनले भने । अाफूले सम्झाउदा बेहुलीका साथीहरुले झनै थर्काएकाे उनले गुनासाे गरे ।
क्षतिपूर्तीकाे माग गर्दै उनले विवाह अायाेजकविरुद्ध उजुरी गरेका छन् । एक पशु चिकित्सकले ह्दयघात भएर चल्ला मरेकाे बताएका छन् ।
जीव विज्ञानका प्राध्यापक सूर्यकान्त मिश्रले चर्काे अावाजले चराचुरुङ्गीमा ह्दयघात हुने बताएका छन् । ‘चर्काे संगीत वा अकस्मातकाे उत्तेजना र चाेटले चराचुरुङ्गीकाे जैविक चक्रमा असर गर्छ, ‘ उनले भने ।
यसैबीच प्रहरीले दुबै पक्ष मिलेर समस्या समाधान गर्न सम्बन्धित पक्षलाई अनुराेध गरेकाे छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस