जनकपुर – प्रदेश २ सरकारले मधेश सहिद प्रतिष्ठान गठन भएको डेढ वर्षपछि का पदाधिकारीहरुको नियुक्त गरेको छ । बिहीबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले दुई जना मधेश आन्दोलन र दुई जना सशस्त्र जनयुद्धको सहिद परिवारलाई नियुक्ति गरेका छन् ।
रौतहटबाट सुरेन्द्रकुमार जयसवाल र सप्तरीबाट कविताकुमारी ठाकुर, सर्लाहीबाट रामनरेश राय यादव र महोत्तरीबाट शिम्पीकुमारी साहलाई नियुक्त गरेको हो । बिहीबार नियुक्त गरिएका सबै जना सहिद परिवारको सदस्य हुन् ।
१८ माघ २०७६ साला प्रदेश सरकारले मधेश सहिद प्रतिष्ठान गठन गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सरकारले पहिला मधेश आन्दोलनको सहिदलाई मात्र सदस्यमा राख्ने व्यवस्था गरे पनि पछि माओवादी केन्द्र सरकारमा सहभागी भएपछि सरकारले उक्त निर्देशिकालाई संशोधन गरी जनयुद्धको सहिद परिवारलाई पनि समावेश गरेको हो ।
मधेशी सहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, सहिद तथा घाइते परिवारबाट चार जना सदस्य र मुख्यमन्त्री कार्यालय लगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस