ओखलढुंगा – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा योग्य प्रतिनिधि छनौट सिफारिस गरिएको भन्दै एमाले अध्यक्ष केपी ओलीसमक्ष उजुरी परेको छ ।
नेकपा एमाले ओखलढुंगाले महाधिवेशन प्रतिनिधि कायम गर्न पार्टीको विधान अनुसार योग्य नभएका व्यक्ति सिफारिस गरिएको भन्दै लिलादेवी धमलाले एमाले मुख्यालयमा उजुरी दर्ता गरेकी हुन् । धमला महाधिवेशन प्रतिनिधि छनौट प्रकृयामा सहभागी हुन उम्मेदवारी दर्ता गरेकी नेतृ हुन् ।
उनले सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङलाई पार्टीको विधान विपरित जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले प्रतिनिधिमा सिफारिस गरेको जानकारी पाएपछि उजुरी गरेको बताइन् ।
जिल्लाबाट प्रतिनिधि छनौटमा उम्मेदवारी दर्ता गर्दा निर्वाचन समितिले पार्टीको विधान अनुसार योग्यता नपुगेको भन्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।
सिद्धिचरण नगरपालिकाका उप प्रमुख रहेकी इच्छा कुमारी गुरुङ २०७४ को स्थानीय निर्वाचन अघि शिक्षक र कांग्रेसकी सदस्य थिइन् । उनलाई पार्टी सदस्यता र उपप्रमुखको टिकट एमालेले एकैसाथ दिएको थियो ।
जिल्लाबाट छनौट हुने प्रतिनिधिको उम्मेदवारी नै अयोग्य भएपछि मनोनयनका लागि केन्द्रमा नाम सिफारिस भएको विषयमा खोज्दा कुरा गर्न एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले टेलिफोन उठाएनन् । जिल्ला सचिव शंकर कट्वालले महाधिवेन प्रतिनिधि मनोनित स्थायी कमिटीले गरेको अपुष्ट खबर सुने पनि सिफारिसबारे जानकारी नभएको बताए । उनले भने, ‘सिफारिसबारे जानकारी छैन, मनोनित गरिएको भन्ने सुनिएको छ, सायद हुनसक्छ ।’
धमलाले आफु उम्मेदवार रहेको र विधान अनुसार योग्यता पुगेर उम्मेदवारी कायम रहेको सन्दर्भमा विधान मिचेर गलत कार्य गर्न खोजिएकाले रोक्न उजुरी गरेको जानकारी दिइन् । एमाले विधानमा महाधिवेशन प्रतिनिधी हुन १० वर्षदेखि निरन्तर पार्टी सदस्य रहेको व्यक्ति हुने व्यवस्था छ । यद्यपी गुरुङकाे नाम मनाेनित गरेकाे नामावलीमा भने देखिएकाे छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस