कपिलवस्तु – चितवनमा हुने नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई सर्वसम्मत नेतृत्व चयन गर्न एमाले कपिलवस्तुले साझा सन्देश दिएको छ । एकता महाधिवेशन भएको कारणले पार्टीलाई बलियो बनाउन सर्वसहमतिमा जोड दिनु पर्ने केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपानेले बताए । तर, पार्टीले मूल्याङ्कन गर्दै पुन: दोहोर्याउन चाहेमा आफू उम्मेदवार हुने स्पष्ट पारे ।
यसैगरी राष्ट्रिय सभाका सदस्य समेत रहेका केन्द्रीय सदस्य विमला घिमिरेले एकताको महाधिवेशन भएकोले सहमतिमा उम्मेदवारी बन्ने धारणा व्यक्त गरिन । नेतृत्वले सहमतिमा टुङ्गाउनेमा विश्वस्त रहेको समेत उनकाे भनाइ छ । महाधिवेशनका लागि कपिलवस्तुबाट १५ हजार कार्यकर्ता लैजाने तयारी गरिएको छ । जिल्लाबाट दुई सयभन्दा बढी बस र ५० साना सवारीसाधन प्रयोग हुने जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले बताए ।
केन्द्रीय समितिमा आठ जनाकाे दावेदारी
एमाले केन्द्रीय समितिमा कपिलवस्तुका आठ नेताले दाबी प्रस्तुत गरेका छन् । जिल्ला प्रचार विभागको बैठकमा तीन जना वर्तमान केन्द्रीय सदस्यले दोहोरिन इच्छुक देखाएका छन् ।
कपिलवस्तुबाट गिरीधारीलाल न्यौपाने, विमला घिमिरे र सिराज अहमद फारुकी हाल केन्द्रीय समितिमा छन् । न्यौपानेले नेकपा विभाजन भएपछि माओवादी केन्द्र छाडी एमाले रोजेका थिए । उनी लुम्बिनी प्रदेशका सह–इन्चार्ज समेत हुन् ।
यसैगरी एमाले लुम्बिनी प्रदेश कार्यालय सचिव बलराम अधिकारी, कपिलवस्तु जिल्ला अध्यक्ष झवीलाल पोख्रेल, सहसचिव विश्राम प्रसाद थारु, युवा नेता विष्णु पन्थी र प्रदेश सचिवालय सदस्य डम्मर शर्मासमेतले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस