सोल-दक्षिण कोरियामा ठूला रोजगारदाता कम्पनीहरुले कामदार कटौती गरेको तथ्यांक सार्बजनिक गरिएको छ।
कर्पोरेट ट्रयाकर नामक संस्थाले मंगलबार जनाए अनुसार कोरोना भाइरसको कारण यहाँका ठूला कम्पनीहरुले बिगत दुई बर्ष यता १.०२ प्रतिशत रोजगार कटौती गरेका हुन्।
ट्रयाकरले जनाए अनुसार गत सेप्टेम्बर अन्त्य सम्ममा ५ सय ठूला कम्पनीहरु मध्ये ३ सय १३ कम्पनीले कोरोना भाइरसको कारण देखाई कामदार कटौती गरेका हुन्।
दुई बर्षको अवधिमा ठूला कम्पनीहरूले ५ हजार ४ सयलाई रोजगारी दिएका थिए भने १८ हजार २ सयजनालाई निकालेका थिए।
रोजगारी गुमाउनेमा महिलाको संख्या बढी रहेको छ। लिडर्स इन्डेक्सले जनाए अनुसार रोजगार गुमाउने मध्ये ६७ प्रतिशत महिला रहेका छन्।
आईटी र इलेक्ट्रिक र इलेक्ट्रोनिक कम्पनीहरूले दुई वर्षको अवधिमा करिब ८ हजार ९ सय जनालाई रोजगार दिएका थिए तर खुद्रा विक्रेता, थोक बिक्रेता र वितरण फर्महरूले लगभग ११ हजार ३ सय जनालाई कामबाट निकालेका थिए।
लीडर्स इन्डेक्सका अनुसार लोट्टे शपिङ कम्पनीले सबैभन्दा धेरै करिब ५ हजार १ सयजनालाई कामबाट निकालेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस