काठमाडौँ – नेकपा एमालेले आसन्न १०औं महाधिवेशनका लागि क्यूरआर कोड र ई-सेवामार्फत २० लाख रुपैँया चन्दा संकलन गरेको छ ।
एमालेले गत २६ कात्तिकमा पार्टीका संगठित सदस्यहरूबाट चन्दा उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक टेकुमा रहेको खाता नम्बरसँगै क्यूआर कोड सार्वजनिक गरेको थियो ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार नौ दिनको अवधिमा कार्यकर्ताले क्यूआरकोड र ई-सेवामार्फत २० लाख रुपैयाँ जम्मा गरिसकको जानकारी दिए ।
उनका अनुसार अधिकांश संगठित सदस्यले १०० रुपैयाँका दरले र प्रवासमा रहेका नेपालीले इच्छा अनुसार रकम पठाइरहेको जानकारी दिए ।
‘हालसम्म क्यूआर कोड र ई-सेवाबाट २० लाख रुपैयाँ जम्मा भएको छ, यो ठ्याक्कै हिसाब होइन, खातामा थप रकम पनि जम्मा भएको छ, हिसाब सार्वजनिक गर्छौ’, तामाङले भने ।
एमालेले कार्यकर्ता र सुभेच्छुकलाई न्युनतम १०० रुपैयाँ बैंक खातामा जम्मा गर्न आग्रह गर्दै खाताको क्यूआर कोड सार्वजनिक गरेको हो ।
महाधिवेशनका लागि लोगो सार्वजनिकसँगै एमालेले चन्दा प्रयोजनका लागि क्यूआर कोडसँगै ई-सेवा र फोनपेबाट न्युनतम १०० रुपैयाँ जम्मा गर्न भनेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस