ओखलढुंगा-नेपाली कांग्रेसकाे नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएकाे छ । दुई चरणमा हुने निर्वाचनअन्तर्गत पहिलाे चरणमा निर्वाचन क्षेत्रस्तरीय समिति र प्रदेश प्रतिनिधि चयन हुनेछन् । शनिबार प्रदेश प्रतिनिधि र क्षेत्रीय समिति निर्वाचनका लागि मनाेनयन दर्ता भएकाे निर्वाचन अधिकृत खिलाराज श्रेष्ठले बताए ।
उनकाअनुसार प्रदेश निर्वाचन क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता भइसकेकाे छ । क्षेत्र १ ‘क’ मा ४९ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने क्षेत्र १ ‘ख’ मा ५० जनाले उम्मेदवारी दर्ता गरेका हुन् । संस्थापन समूह र काेइराला समूहबाट प्यानलै उम्मेदवारी दर्ता भएकाे, दाबी विराेध पनि नभएकाे र आइतबार निर्वाचन हुने श्रेष्ठले बताए ।
क्षेत्रीय समितिमा सभापतिसहित उपसभापति, सचिव र सहसचिव २/२ जना र १७ सदस्य तथा प्रदेश प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ । दुवै समूहले समूहगत प्रतिस्पर्धा गर्ने अभ्यास थालेका छन् । जिल्ला तहमा पनि फरक फरक प्यालनकाे उम्मेदवारी दर्ता हुने नेताहरुले बताएका छन् । १ हजार ४४३ प्रतिनिधिले क्षेत्र, जिल्लाकाे समिति तथा प्रदेश र संघीय महाधिवेशनका लागि १४ र १० जना प्रतिनिधि निर्वाचित गर्नेछ । दुवै समूहबीच तीव्र प्रतिस्पर्धा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस