इलाम – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेशसभा अधिवेशनमा इलामको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छन् । दुई प्रतिस्पर्धीलाई पछि पार्दै मैया प्रदेशसभा निर्वाचनमा जिल्लाकै एक्ली महिला सभापति बन्न सफल भएकी हुन् ।
लिम्बुले १२३ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिस्पर्धी पुनम गुरुङ्गले १०४ मत पाए भने रमेशचन्द्र सुवेदीले ८१ मत प्राप्त गरे ।
उपसभापतिमा ज्ञानबहादुर राई र मोहन कुमार गुरुङ्ग निर्वाचित भएका छन् । राईले १४४ र गुरुङ्गले १२५ मत प्राप्त गरे । प्रतिस्पर्धी बासुदेव अधिकारीले ११० मत, भोला भण्डारीले ९६ मत र नीरबहादुर फागोले ७० मत प्राप्त गरेका छन् ।
सचिवमा कुसुम दाहाल र मनोज लेप्चा निर्वाचित भएका छन् । दाहालले १४५ र लेप्चाले १३९ मत प्राप्त गरे । सचिवमा पराजित बनेका तारा न्यौपानलेले ११० मत, राम घिमिरेले १०२ मत, बसुधा मोक्तान प्रधानले ६९ मत प्राप्त गरिन् ।
सहसचिवमा सीता घिसिङ र मखन गुरुङ्ग निर्वाचित भए । घिसिङले २४४ र गुरुङ्गले १४७ मत पाएका छन् । प्रतिस्पर्धी कृष्णबहादुर राईले १२७ मत पाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस