पोखरा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को वडा सम्मेलन भोलि शनिबार हुँदै छ । यसका लागि सबै तयारी पूरा भइसकेको माओवादीले जनाएको छ । कास्कीमा माओवादीले पार्टी सदस्यता बढाएको छ । नयाँ विवरणअनुसार यहाँ १० हजार ३८३ जना संगठित सदस्य बनेका छन् । यसअघि यहाँ आठ हजार २०० जना मात्र सदस्य थिए ।
‘पार्टीमा अहिले आमजनताको आकर्षण बढेको छ । सदस्यता लिनेहरू बढेका छन्,’ कास्की इन्चार्ज राजकाजी गुरुङले भने, ‘महिला, दलित, युवाहरूको यहाँ बढी आकर्षण छ ।’ उनले समानुपातिक, समावेशी सिद्धान्तलाई ख्याल गरेर वडा सम्मेलन गर्ने प्रतिबद्धता जनाए ।
कास्कीमा ७२ वटा वडा छन् । सबै वडाको सम्मेलन शनिबार नै हुनेछ । सकेसम्म सर्वसम्मत कार्यसमिति चयन गर्ने र नभए मतदान हुन सक्ने बताइएको छ । वडा सम्मेलनको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकैसाथ भर्चुअल रूपमा उद्घाटन गर्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस