एजेन्सी – चीनले केही महिना अगाडि गरेको हाइपरसोनिक मिसाईल परीक्षण संसारभर पुगेको बताउँदै अमेरिकाका एक वरिष्ठ सैन्य अधिकारीले चीनले अमेरिकामा कुनै दिन अकस्मात आणविक हमला गर्न सक्ने चेतावनी दिएका छन् ।
अमेरिकी सेनाका उपप्रमुख जनरल जोन हाटेनले भने, ‘केही महिना अगाडि चीनको हाइपरसोनिक मिसाईल विश्वभर पुगेर हाइपरसोनिक ग्लाइड मिसाईल खसाल्यो, जुन पुनः चीनमै फर्कियो । उसले कुनै पनि बेला अमेरिकालाई निशाना बनाउन सक्छ ।’ चीनले आश्चर्यजनक ढंगले आणविक हतियार विकसित गरेको भन्दै उनले कुनै दिन चीनले अमेरिकालाई हमला गर्न सक्ने बताए ।
‘अत्याधुनिक क्षमताका यस्ता हतियार चीनले किन बनाइरहेको छ ?’ अमेरिकी टेलिभिजन च्यानल सीबीएसँगको एक अन्तर्वार्तामा उनले भने, ‘ चीनले बिकसित गरेका हतियार नयाँ हुन भन्ने मलाई लाग्छ । ’
ताइवानबारे चीनको विवाद बढिरहेका बेला चीनले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो । सुरुमा गोप्य राखेको बताइएको सो परीक्षणबारे उसले गत महिना पहिलो पटक मुख खोलेको थियो ।
अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा चीनले तीब्र गतिमा आणविक हतियार बिकसित गरेको र एक दशकभित्र यो संख्या १ हजार पुग्ने उल्लेख छ । अमेरिकासँग अहिले तीन हजार ७५० आणविक हतियार छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस