काठमाडौं- इजलासमा फर्किएका सर्वाेच्च अदालतका पाँच न्यायाधीशले नेपाल बार एसोसिएसनको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताएका छन् ।नेपाल बार र सर्वाेच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा पाँच न्यायाधीशले बारको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताएका हुन् ।
न्यायाधीशको भनाइ उद्धृत गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘‘हामीहरू तपाईंभन्दा बाहिर छैनौं । आन्दोलनका कारण सेवाग्राहीले दुःख पाए । सेवाग्राहीबाट प्रश्न नउठोस् भनेर बन्दीप्रत्यक्षीकरणसहित सामान्य मुद्दा हेरेका हौँ र आफूहरू बाँकी न्यायाधीश (आन्दोलित न्यायाधीश)सँगै बारको बटमलाइनको साथमा छौँ ।’
छलफलका बेला बार पदाधिकारीले अदालतमा विकृति विसंगति बढेको भन्दै आन्दोलनमा असर पर्ने गरी मुद्दा नहेर्न र साथ दिन न्यायाधीशहरूसँग अनुरोध गरेका थिए ।
पाँच जना न्यायाधीश भेट्न बार अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष ईश्वरी खतिवडा, रक्षा बस्याल, सर्वाेच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे थिए ।
सर्वाेच्चका पाँच न्यायाधीश तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोज शर्मा र बमकुमार श्रेष्ठ सोमबार र मंगलबारको बार पदाधिकारीको छलफलमा अनुपस्थित थिए ।
सेवाग्राही मारमा परेको र तत्काल निकास ननिस्कने भन्दै उनीहरूले मंगलबारदेखि इजलासमा फर्केर मुद्दा हेर्न सुरू गरेका छन् । अन्य १३ न्यायाधीश पनि सेवाग्राहीलाई कम क्षति हुनेगरी गोलाप्रथाबाट मुद्दा हेर्ने र प्रधानन्यायाधीश बहिर्गमनको आन्दोलनमा समर्थन दिइरहने पक्षमा छन् ।
कार्यपालिकासँगका राजनीतिक भागबण्डा खोजेको आरोपसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बार आन्दोलनमा उत्रिएको छ भने सर्वाेच्चकै न्यायाधीशहरू इजलास बहिस्कार गरेर बसेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस