आज १७ नोभेम्बर आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । युरोप र एशियालाई जोड्ने स्युज नहरको निर्माण सम्पन्नदेखि चर्चित वाटरगेट कान्डमा रिचार्ड निक्सनले आज आफूलाई निर्दोष साबित गर्न खोजेका थिए । प्रस्तुत विश्व इतिहासमा आज भएका केही घटनाः
१९८९ को भेलभेट क्रान्ति
वर्लिनको पर्खाल ढलेको एक सातापछि चेक गणतन्त्रको राजधानी सहरमा विद्यार्थीहरुले विशाल प्रदर्शन गरेका थिए । अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको स्मरणमा गरिएको प्रदर्शनलाई प्रहरीले दमन गरेको थियो । दमनको विरोधमा भएको देशव्यापी हामहड्तालपछि पूर्वचेकोस्लाभियामा कम्युनिस्ट शासन ढलेको थियो र ४१ वर्षपछि देशमा पहिलो प्रजातान्त्रिक निर्वाचनका लागि ढोका खोलेको थियो ।
एथेन्सको विद्यार्थीको क्रान्ति
सन् १९७३ मा ग्रीसमा भएको एथेन्स पोलिटेक्निक क्रान्ति पनि विश्व इतिहासमा स्मरण लायक घटना हो । एथेन्समा तत्कालिन सैन्य सरकारविरुद्ध सन् १९७३ को १४ नोभेम्बरमा पोलिटेक्निक क्याम्पसका विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । १७ नोभेम्बरमा ट्यांकसहित क्याम्पस पुगेको सेनाले अन्धाधुन्दा गोली प्रहार गरेको थियो । सो क्रान्तिको स्मरणमा अहिले पनि हरेक नोभेम्बर १७ मा ग्रीसका सम्पूर्ण विद्यालय र क्याम्पस बन्द हुन्छन् ।
सुज नहर निर्माण सम्पन्न
युरोप र एशियालाई जोड्ने स्युज नहरको निर्माण कार्य सन् १८६९ मा सम्पन्न भएको थियो । रेड सी र भूमध्य सागरलाई जोड्ने सो नहर निर्माण गर्न १० वर्ष लागेको थियो ।
रिचार्ड निक्सनको दाबी
चर्चित वाटरगेट कान्डबारे तत्कालिन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सले सन् १९७३ को १७ नोभेम्बरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । निक्सनले आफू निर्दोष भएको दाबी गरेका थिए । ९ अगस्ट १९७४ मा, महाअभियोग लाग्ने निश्चित भएसँगै उनले पदबाट राजीनामा दिएका थिए । पदबाट राजीनामा दिने उनी पहिले अमेरिकी राष्ट्रपति हुन् । । निक्सनका उत्तराधिकारी जेराल्ड फोल्डले निक्सनलाई माफी दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस