टोकियो-जापानकी राजकुमारी माकोले शाही उपाधि त्यागेकी छिन। जापानी कानुनअनुसार सर्वसाधारणसँग विवाह गर्ने राजपरिवारका महिला सदस्यले आफ्नो शाही उपाधि गुमाउँछन् । सोहीबमोजिम माकोको हैसियत सर्वसाधारण नागरिकसरह भएको छ ।
माको जापानको दरबार त्यागेर आफ्ना श्रीमान केइ कोमुरोसँग अमेरिका प्रस्थान गरेकी छिन् ।
उनीहरु न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा भाडामा बस्नेछन् । कोमुरो अमेरिकाको एउटा कम्पनीमा वकालत गर्छन् ।
विवाहपछि उनीहरु न्युयोर्कमा बस्ने बताउँदै आएका थिए । अमेरिका पुगेर माकोले काम खोज्ने छिन् ।
कोमुरो न्युयोर्कको एउटा फर्मका कानुनी कारिन्दा हुन् ।
माको र कोमुरोको अमेरिका प्रस्थानलाई बेलायती राजकुमार ह्यारी र मेघन मर्केलको अमेरिका यात्रासँग तुलना गरिएको छ । उनीहरुलाई जापानको ह्यारी र मेघन भन्न थालिएको छ ।
राजपरिवारबाहिरकी युवतीसँग विवाह गरेपछि ह्यारी र मर्केल शाही उपाधि त्यागेर बेलायतबाट अमेरिका पुगेका थिए ।
उनीहरुको सम्बन्ध विभिन्न सञ्चारमाध्यमहरुमा गसिप बनेको थियो । कोमुरोकी आमाले छोरासँग अफेयर्समा रहेकी एक युवतीसँग लिएको मोटो रकम नतिरेको विवरण सार्वजनिक भएको थियो । सोही कारण माकोसँगको विवाह चार वर्ष धकेलिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस